भारतीय क्रिकेटमा ठूलै परिवर्तन आउने लक्षण देखिएको छ । कप्तान विराट कोहलीबाट वान डे र टी२० को कप्तानी खोसिनसक्ने खबर भारतीय सञ्चारमाध्यमहरूले दिएका छन् ।
बीसीसीआईले फरक फरक फर्म्याटका लागि फरक फरक कप्तान राख्ने सोच बनाइरहेको छ । यस्तो गरिएमा रोहित शर्मालाई वान डे र टी२० को कप्तानी दिइनसक्छ भने कोहलीलाई टेस्ट टीमको मात्र कप्तान बनाइनेछ ।
अक्टोबर नोभेम्बरमा हुन लागेको टी२० विश्वकपपछि रोहित शर्मालाई कप्तान बनाइनसक्छ ।
कोहलीले विगत केही महिनायता रोहित शर्मा र टीम व्यवस्थापनसँग यस विषयमा लामै कुराकान...