बुटवल उपमहानगरपालिकामा सेवा सहज बनाउन पूर्वाधारण निर्माण

बुटवल । स्थानीय निकायको सेवालाई सहज र छरितो बनाउन पूर्वाधारण निर्माणमा जोड दिन थालिएको छ । सेवा प्रभावकारी र सहज बनाउन बुटवल उपमहानगरपालिकामा धमाधम वडा कार्यालय निर्माण र पुनः निर्माण हुन थालेको छ । बुटवलको दीपनगरमा पुनःनिर्माण र मर्मतसम्भार गरेर वडाको संरचना नयाँ स्वरुपको बनाइएको छ । वडा नं ७ को पुनः निर्माण गरिएको भवनबाट […]

सम्बन्धित सामग्री

उज्यालो बुटवल बनाउने पथमा छौंं

-टेकराज पन्थी प्रमुख प्रशासकीय अधिकृत बुटवल उपमहानगरपालिका, रूपन्देही लुम्बिनी प्रदेश जनताको सरकार भनेर चिनिने तपाईंको पालिकाले विकास निर्माण र सेवा प्रवाहलाई कसरी अगाडि बढाइरहेको छ ? वार्षिक बजेटका आधारमा विकास निर्माणलाई अगाडि बढाइएको र सेवा प्रवाहलाई प्रभावकारी बनाउन गुनासो व्यवस्थापनको संयन्त्र बनाई कार्यान्वयनमा ल्याइएको छ । बजेट एवं नीति तथा कार्यक्रमको कार्यान्वयन गर्न के–कस्ता योजना […]

मानवसेवा आश्रम रुपन्देही शाखाद्वारा आफ्नै भवन सेवा प्रवाह

मानवसेवा आश्रमको रुपन्देही शाखाले आफ्नै भवनबाट सेवा प्रवाह सुरुवात गरेको छ । यस अघि बुटवल उपमहानगरपालिका वडा नं। ८, पैँचो पसल अगाडी घर भाडामा लिएर सेवा प्रवाह गरिरहेको आश्रमले मंगलबारदेखि तिलोत्तमा नगरपालिका  ६ मा रहेको मोक्षधाम सेवा आश्रम परिसरभित्र आफ्नै भवन निर्माण गरि सेवा सुरुवात गरेको हो ।लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले आश्रमको नवनिर्मित भवनको प्राङ्गणमा आयोजित गृह प्रवेश कार्यक्रममा भवनको औपचारिक समुद्घाटन गरेका थिए । नवनिर्मित भवनबाट महिला र बालिकाहरूलाई सेवा प्रदान गरि

तिनाउ नदीमा स्टिमर र आरती केन्द्र, सेमलार–मोतिपुर ग्रीन सिटी

८ असार, बुटवल । बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर प्रमुख खेलराज पाण्डेयले नगर सभाको एघारौं अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा नगरवासीलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्कको अवधारणालाई सुनिश्चित गर्ने विषय प्राथमिकतामा छ । तिनाउलाई तटबन्ध गरी ड्याम निर्माण गरेर हिउँदमा पानी […]

बुटवल उपमहानगरमा धमाधम पूर्वाधार निर्माण

रूपन्देही । स्थानीय निकायको सेवालाई सहज र छरितो बनाउन पूर्वाधार निर्माणमा जोड दिन थालिएको छ । सेवा प्रभावकारी र सहज बनाउन बुटवल उपमहानगरमा धमाधम वडा कार्यालय निर्माण र पुनर्निर्माण हुन थालेका हुन् । बुटवलको दीपनगरमा पुननिर्माण र मर्मतसम्भार गरेर वडाको संरचना नयाँ स्वरूपको बनाइएको छ । वडा–७ को पुनर्निर्माण गरिएको भवनबाट सेवा सुरु भएको छ । उपमहानगर प्रमुख शिवराज सुवेदीले पुनर्निर्माण भएको भवनको उद्घाटन गर्दै वडाबाट हुने सेवालाई सहज, छरितो र प्रभावकारी बनाउन आग्रह गरे । टोल स्तरबाट छलफल भएर वडा स्तरका र वडाबाट छलफल भएर नगर स्तरका योजना बनेका र छलफलबाट नगरको सहरी विकास गुरुयोजना तय भएको उनको भनाइ छ । वडाध्यक्ष कमलप्रताप थापाले नागरिकका लागि सेवक भएर र वडालाई सेवाकेन्द्रका रूपमा विकास गरेर सेवा प्रवाह गरिरहेको जानकारी दिए । करिब ३२ लाखमा सो वडा भवन पुनर्निर्माण भएर सेवा सुरु गरिएको वडा सचिव राजु लामिछानेले बताए । माथिल्लो ट्रससहित दुई तला, आठ कोठा तथा पार्किङसहितको उक्त नयाँ भवन साविकको दीप प्राविको खाली रहेको भवनलाई पुनर्निर्माण गरी बनाइएको हो । त्यस्तै, उपमहानगरको वडा नम्बर ८ को नयाँ भवन निर्माण प्रक्रिया सुरु भएको छ ।  सडक डिभिजन परिसरमा रहेका पुराना र जीर्ण कर्मचारी आवासलाई हटाएर नयाँ आवासगृह निर्माण गर्न लागिएको हो । त्यसका लागि जग्गा प्राप्ति भएको छ । करिब ४८ लाखमा प्रतिपरिवार चार कोठासहितको ६ वटा आवासगृह र एउटा योग हल निर्माण हुने गरी जग्गा हस्तान्तरण गरिएको वडा ८ का वडाध्यक्ष भीमबहादुर श्रेष्ठले बताए । सहरको बीच भागमा र धेरै जनघनत्व रहेको वडाका रूपमा रहेको वडा–८ को व्यवस्थित र आधुनिक नयाँ भवन निर्माण हुनेछ । वडा कार्यालयका लागि आवश्यक जग्गा भोगाधिकारसहित उपमहानगर मातहतमा आइसकेको बताइएको छ । जम्मा १९ वडा रहेको बुटवल उप–महानगरमा यसअघि वडा–१० को भवन निर्माण भइसकेको छ भने वडा–२ को पुनर्निर्माण हुने तयारीमा छ । रासस

सेवा सहज बनाउन पूर्वाधारण निर्माण

बुटवल – स्थानीय निकायको सेवालाई सहज र छरितो बनाउन पूर्वाधारण निर्माणमा जोड दिन थालिएको छ । सेवा प्रभावकारी र सहज बनाउन बुटवल उपमहानगरपालिकामा धमाधम वडा कार्यालय निर्माण र पुनःनिर्माण हुन थालेको छ । बुटवलको दीपनगरमा पुनःनिर्माण र मर्मतसम्भार गरेर वडाको संरचना नयाँ स्वरुपको बनाइएको छ । वडा नं ७ को पुनःनिर्माण गरिएको भवनबाट सेवा सुरु […]

सेवा सहज बनाउन पूर्वाधार निर्माण

बुटवल - स्थानीय निकायको सेवालाई सहज र छरितो बनाउन पूर्वाधारण निर्माणमा जोड दिन थालिएको छ । सेवा प्रभावकारी र सहज बनाउन बुटवल उपमहानगरपालिकामा धमाधम वडा कार्यालय निर्माण र पुनःनिर्माण हुन थालेको छ । बुटवलको दीपनगरमा पुनःनिर्माण र मर्मतसम्भार गरेर वडाको संरचना नयाँ स्वरूपको बनाइएको छ । वडा नं ७ को पुनःनिर्माण गरिएको भवनबा…

सेवा सहज बनाउन पूर्वाधार निर्माण

बुटवल - स्थानीय निकायको सेवालाई सहज र छरितो बनाउन पूर्वाधारण निर्माणमा जोड दिन थालिएको छ । सेवा प्रभावकारी र सहज बनाउन बुटवल उपमहानगरपालिकामा धमाधम वडा कार्यालय निर्माण र पुनःनिर्माण हुन थालेको छ । बुटवलको दीपनगरमा पुनःनिर्माण र मर्मतसम्भार गरेर वडाको संरचना नयाँ स्वरूपको बनाइएको छ । वडा नं ७ को पुनःनिर्माण गरिएको भवनबा…

सेवा सहज बनाउन पूर्वाधार निर्माण

बुटवल । स्थानीय निकायको सेवालाई सहज र छरितो बनाउन पूर्वाधारण निर्माणमा जोड दिन थालिएको छ । सेवा प्रभावकारी र सहज बनाउन बुटवल उपमहानगरपालिकामा वडा कार्यालय निर्माण र पुनःनिर्माण हुन थालेको छ । बुटवलको दीपनगरमा पुनःनिर्माण र मर्मतसम्भार गरेर वडाको संरचना नयाँ स्वरुपको बनाइएको छ । वडा नं ७ को पुनःनिर्माण...

पानीमाथि वडा कार्यालय, बोटिङको आनन्दसँगै सेवा प्रवाह

बुटवल– रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पानीमाथि वडा कार्यालय भवन निर्माण गरेको छ। पानीमाथि निर्माण गरिएको यो मुलुककै एकमात्र सरकारी कार्यालय रहेको नगरपालिकाको दावी छ। तिलोत्तमा नगरपालिकाले–११ को कार्यालय भवन पानीमाथि निर्माण गरेको हो। कार्यालयको वरिपरी पोखरी व्यवस्थित गरिएको छ। त्यहाँ माछा छोडिएको छ भने बोटिङ सेवा सञ्चालन गर्नुका साथै रात्रिकालीन समयमा समेत आकर्षक बत्तीहरूले मनमोहक बनाइएको […]

यातायात व्यवस्था विभागको सेवा अनलाइनबाटै

काठमाडौं । यातायात व्यवस्था विभागले आफूले प्रवाह गर्ने सेवाहरू अनलाइनमार्फत दिने तयारी गरेको छ । विभागले साउन १ गतेदेखि लागू हुनेगरी सवारीसम्बन्धी सेवालाई अनलाइनमार्फत गर्न सवारी दर्ता प्रणाली (भीआरएस) लागू गर्न लागेको हो । विभागका अनुसार यो प्रणाली लागू भइसकेपछि नयाँ गाडीको दर्ता, नवीकरण, जाँचपास तथा सार्वजनिक सवारीको रूट पर्मिटका लागि विभागमै पुग्नुपर्ने बाध्यता हट्नेछ । साउनदेखि विभागले अनलाइनमा यो प्रणाली जोड्ने र त्यसपछि अनलाइनमार्फत फारम भरेर यस्ता सेवा लिन सकिने विभागका प्रवक्ता लोकनाथ भुसालले बताए । उनका अनुसार तत्काल बुटवल, पोखरा, बर्दिबास र सुर्खेतस्थित यातायात कार्यालयबाट यो सेवा दिइनेछ । काठमाडौं लगायत अन्य कार्यालयबाट पनि यो सेवा सञ्चालनको तयारी भइरहेको छ । आगामी एक महीनाभित्र सबै कार्यालयबाट उक्त सेवा सञ्चालन गर्ने लक्ष्य विभागको छ । ‘कर्मचारीलाई प्राविधिक ज्ञान दिने लगायत काम भइरहेको छ, साउन १ गते चारओटा कार्यालयबाट सेवा उद्घाटनको तयारी गरेका छौं,’ भुसालले भने । यसका लागि विभागले छुट्टै एप बनाएको छ । उक्त एप डाउनलोड गरी त्यहाँबाट सेवा लिन सकिने प्रवक्ता भुसालले जानकारी दिए । सवारी दर्तादेखि नवीकरणसम्म सबै सेवाको शुल्क अनलाइनमार्फत भुक्तानी गर्न सकिने गरी एप निर्माण गरिएको उनले बताए । विभागले २०६६ भदौमा भारतको मद्रास सेक्युरिटी प्रिन्टर्सलाई भीसीआर प्रणाली बनाउन ठेक्का दिएको थियो । २०७२ पछि नवीकरणका लागि उक्त प्रणालीको परीक्षण गरिए पनि सञ्चालनमा आउन सकेको थिएन । विभागले त्यसअघि अञ्चल मोडलमा भीआरएस प्रणाली निर्माण भएकाले देश संघीयतामा गइसकेकाले प्रदेशअनुसार विकास गर्न लागिएको बताउँदै आएको थियो । यसको जिम्मेवारी मद्रास प्रिन्टर्सलाई नै दिइएकोमा २०७५ कात्तिकमा तत्कालीन महानिर्देशक लावण्यप्रसाद ढकालले सोही वर्षको फागुनदेखि उक्त प्रणाली सञ्चालन गर्ने घोषणा गरेका थिए । तर तोकिएको समयमा सञ्चालनमा आउन सकेको थिएन ।