प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारीले मंगलबार दिउँसो १ बजेसम्म मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न संसद्का दलहरूलाई आह्वान गरेका छन् । नेकपा एमालेका नेता भीमप्रसाद आचार्यले सोमबार दिउँसो मुख्यमन्त्रीबाट राजीनामा दिएपछि नयाँ मुख्यमन्त्री नियुक्तिको प्रावधान अनुरुप प्रदेश प्रमुख अधिकारीले दाबी पेस गर्न आह्वान गरेका हुन् ।