तोक्मेडाँडामा फाल्गुनन्दको पूर्ण कदको सालिक

किरात धर्म दर्शनका पुनरुत्थानकर्ता राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १ सय ३८ औं जन्मजयन्ती शुुक्रबार सदरमुकाम फुङ्लिङमा मनाइँदै छ । फुङ्लिङको तोक्मेडाँडामा एउटै ढुङ्गालाई कुँदेर निर्माण गरिएको १५ फुट उचाइ, १ सय ३५ क्विन्टल वजनको फाल्गुनन्दको पूर्ण कदको सालिक अनावरण गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित सामग्री

वीरेन्द्रको सालिक पुनर्स्थापनाको तयारी

नेपालगन्जमा राजा वीरेन्द्रको सालिक पुनर्स्थापना गर्ने तयारी गरिएको छ। सालिक पुनर्स्थापनामा ‘मातृभूमि नवनिर्माण अभियान’ नेपालले सक्रियता देखाएको छ।...

चोकचोकमा राखिएका सालिक एकमहिना भित्र व्यवस्थापन गरिने

पोखराको पृथ्वीचोकमा लखन थापा र पृथ्वीनारायण शाहको सालिक राख्ने विषयमा सधैंजसो विवाद हुदैं आएको छ। चोकमा जनआन्दोलन अघि पृथ्वीनारायण शाहको पूर्णकदको सालिक थियो। अहिले त्यहाँ लखन थापाको सालिक छ।त्यही सालिकको विषयमा सधैंजसो विवाद हुदैं आएको छ।...

शिवराजमा पृथ्वीनारायणको सालिक शिलान्यास

चन्द्रौटा : कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ३ खरेन्द्रपुर चोकमा पृथ्वीनारायण शाहको सालिक स्थापना हुने भएको छ। बुधवार ३०१ औँ जन्मजयन्तीका अवसरमा लुम्बिनी प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले शिलान्यास गरेका हुन्।२५ लाख रुपैयाँ लागतमा निर्माण हुने सालिक सहित पार्क पनि बनाइने बताइएको छ। सालिक शिलान्यास गर्दै लुम्बिनी प्रदेशसभा सदस्य केसीले पुर्खा र पूर्वजलाई सम्मान गर्नुपर्ने बताए।बाइसे चौबीसे राज्य रहेको अवस्थामा एकीकरण गरी सिंगो नेपाल निर्माणका नायकको जन्मजयन्तीकै अवसरमा सालिक शिलान्यास गरिनु

प्राथमिकता भुलेर ‘सालिक मोह’

१ साउन, काठमाडौं । हेटौंडा उपमहानगरपालिका-९ मा निर्माणाधीन दिव्य बाल उद्यानमा राखिएको नेकपा (एमाले)का नेताहरू मदन भण्डारी र जीवराज आश्रतिको सालिक ८ वैशाख २०७९ मा तोडफोड भयो । नेताद्वयको सालिक कसले, किन तोडफोड गर्‍यो खुल्न सकेन, तर त्यसअघि बाल उद्यानमा दलका नेताहरूको सालिक नराख्न माग भएको स्थानीय बताउँछन् । हेटौंडाकै हुप्रचौरमा बनाइएको राजा वीरेन्द्रको सालिक […]

सालिक

-कृसु क्षेत्री पहिले पहिले शासकहरू गजब गजबका बनाउँथे आफ्ना सालिक र आत्मरतिमा रमाउँथे अहिलेका शासकहरू पनि सालिक बन्नमै मग्न छन् सालिकको नियति अरूको भत्काउँदै जाने आफ्नो बनाउँदै जाने पछि आफ्नो पनि भत्किने छायाजस्तै हिंड्दै छ पाइला मेट्दै छ सालिक सालिकको अनावरणमै देखिन्छ भत्काउनेको लाम मलाई त ढुंगाकै लाग्छ माया के दोष उसको ? फुटिरहनु पर्ने […]

यमबुद्धको सालिक बनाउन बालेनको तीन वर्षको तलब लाग्ने

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले र्यापर यमबुद्धको सालिक आफ्नै तलबबाट बनाउने बताएका छन् । यमबुद्धको सालिक बनाउन बजेट छुट्टाएकोमा चौतर्फी विरोध भइरहेको हुँदा शाहले आफ्नै तलबबाट सालिक बनाउने घोषणा गरेका हुन् ।यमबुद्धको सालिक निर्माण गर्न १५ लाख रुपैयाँ विनियोजन गरिएको थियो । तर सरकारी पैसामा शाहले आफू निकटको सालिक बनाउन लागेको भन्दै आलोचना सुरु भएको थियो । अब यमबुद्धको सालिक बनाउन तीन वर्ष धेरै लाग्ने भएको छ । शाहले सालिक बनाउन तीन वर्षसम्म आफ्नो तलव दिनु पर्नै अवस्था छ ।स्थानीय तहका प

स्वः राजा वीरेन्द्रको सालिक राख्न नपाएपछि शहीद सेतुको सालिक तोडफोड

काठमाडौं, १९ जेठ । स्वः राजा वीरेन्द्र शाहको सालिक हटाउने क्रममा शहीद सेतु विकको पनि सालिक तोडफोड गरिएको छ । राजदरवार हत्यकाण्ड भएको दिन पारेर वीरेन्द्रको सालिक राख्न लागिएको थियो । तर, जिल्ला प्रशासनले राख्न दिएन् सोही क्रममा आक्रोसित स्थानीयले जनआन्दोलनमा राखिएको विकको सालिक तोडफोड गरेका हुन् । झडपको क्रममा केही प्रदर्शनकारीहरु घाइते भएका छन् […]

वीरेन्द्रको सालिक राखेपछि नेपालगन्जमा तनाव : प्रहरी र सालिक राख्ने समूहबिच झडप

काठमाडौं : बाँकेको नेपालगन्जको धम्बोजी चोकमा पूर्वराजा वीरेन्द्रको सालिक राख्ने विषयलाई लिएर झडप भएको छ। सालिक राख्न प्रहरीले रोकेपछि उनीहरुले प्रहरीमाथि आक्रमण गरेका थिए। त्यसपछि प्रहरीले हवाई फायरसमेत गरेको छ। झडपमा एक दर्जन प्रहरी र केही प्रर्दशनकारीसमेत घाइते भएका छन्। अहिले सालिक हटाइएको छ। 'दुई समूहबिच झडप भएको हो। अहिले…

सिटीको मैदानमा अग्युरोको सालिक

प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले सर्जियो अग्युरोको सालिक स्थापना गरेको छ । सिटीले पूर्व स्ट्राइरको सम्मानमा घरेलु मैदान इतिहादमा सालिक स्थापना गरेको हो ।यसअघि सिटीले भिन्सेन्ट कोम्पनी र डेभिड सिल्भाको सालिक स्थापना गरेको थियो । सिटीमा १० वर्ष बिताएर अग्युरो स्पेन आएका थिए । अग्युरोले सिटीका लागि ३ सय ९० खेलमा २ सय ६० गोल गरेका छन् ।अग्युरोले यसै सिजन खेल जीवनबाट सन्यासको घोषणा गरेका थिए ।

शहीदको सालिक नै बेपत्ता !

चार जना शहीदको सालिक बेपत्ता गरिएको छ । शहीद शुक्रराज जोशी शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालालको सालिक बेपत्ता गरिएको हो । प्रजातन्त्र ल्याउन प्राणको आहुती दिने वीर शहीदप्रति श्रद्धासुमन व्यक्त गर्न हरेक वर्षझैँ यो वर्ष पनि माघ १६ गते मुलुकभर यिनै चार जना शहीदप्रति श्रद्धासुमन व्यक्त गर्दै शहीद दिवस मनाउने गरिन्छ । करिब डेढ दशकअघि मुखलाल स्मृति प्रतिष्ठानले कलैयाको भरत चोकस्थित चार जना शहीदको एउटै स्तम्भमा घण्टाघर परिसरभित्र सालिक स्थापना गरेको थियो । मधेस आन्दोलनको क्रममा सालिक फुटाइयो । सालिक वर्षौं दिनसम्म परि...