यमबुद्धको सालिक बनाउन बालेनको तीन वर्षको तलब लाग्ने

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले र्यापर यमबुद्धको सालिक आफ्नै तलबबाट बनाउने बताएका छन् । यमबुद्धको सालिक बनाउन बजेट छुट्टाएकोमा चौतर्फी विरोध भइरहेको हुँदा शाहले आफ्नै तलबबाट सालिक बनाउने घोषणा गरेका हुन् ।यमबुद्धको सालिक निर्माण गर्न १५ लाख रुपैयाँ विनियोजन गरिएको थियो । तर सरकारी पैसामा शाहले आफू निकटको सालिक बनाउन लागेको भन्दै आलोचना सुरु भएको थियो । अब यमबुद्धको सालिक बनाउन तीन वर्ष धेरै लाग्ने भएको छ । शाहले सालिक बनाउन तीन वर्षसम्म आफ्नो तलव दिनु पर्नै अवस्था छ ।स्थानीय तहका प