प्रतिनिधि सभा विघटनविरुद्ध अर्घाखाँचीमा युवक संघद्वारा मोटरसाइकल र्‍याली

बसन्त खड्का, अर्घाखाँची । अखिल नेपाल युवक संघले प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सन्धिखर्कमा बृहत् मोटरसाइकल र्‍याली आयोजना गरेको छ ।प्रतिगमन, भ्रष्टाचार, बेथिती र संसद विघटनको बिरोधमा निकालिएको मोटरसाइकल र्यालिमा युवहरुको बाक्लो उपस्थिती देखिन्थ्यो । र्‍यालीपछि शान्ती बगैंचाको चोकमा सम्पन्न कोणसभामा बोल्दै अखिल नेपाल युवक संघका अध्यक्ष अनिलकिशोर घिमिरेले युवाहरूको श्रम र शक्ति विदेशमा बेचेर देशको प्रगती नहुने बताउनुभयो । उहाँले बर्तमान सरकारको चर्को आलोचना गर्दै देशलाई पछाडी धकेल्न सरकार सक्रिय रहेको आरोप पनि लगाउनुभयो । संसद विघटन गरेर प्रधानमन्त्री ओलीले देशलाई प्रतिगमन तर्फ धकेलेको भन्दै अध्यक्ष घिमिरेले अहिलेका नेकपाहरुले कम्युनिस्ट नाम र हँसिया हथौडा अङ्कित झण्डाको दुरुपयोग गरेको आरोप पनि लगाउनुभयो । यस्तै सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन केसीले पनि सरकारका कदमहरुको चर्को आलोचना गर्नुभयो । मसाल बजारबाट निस्किएको मोटरसाइकल र्याली चुत्राबेसि, सन्धिखर्क, तारामार्ग, हटारिनेटा, टुडिखेललाइन, पाणिनी चोक, हललाइन हुँदै बगैंचामा आएर कोणसभामा परिणत भएको थियो ।

सम्बन्धित सामग्री

चुनाव जितेपछि सोविताले भनिन् : तडकभडक गर्दैनौं, चौतारीमा बसेर गफ गर्छौं

७ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले तडक भडक नगर्ने बताएकी छन् । अधिक संयमका साथ निर्वाचन क्षेत्रका केही ठाउँमा जम्मा हुने, चौतारीमा बसेर गफ गर्ने र मोटरसाइकल र्‍याली ननिकाल्ने उनले बताएकी छन् । सामाजिक सन्जालमा उनले लेखेकी छन्, ‘अहिले बिहान ८ बजे […]

कञ्चनपुरको बेदकोटमा राजमोद्वारा मोटरसाइकल र्‍याली, मसाल जुलुश प्रदर्शन

पुष्कर भट्ट, महेन्द्रनगर । प्रतिनिधि सभा विघटनविरुद्ध संघर्ष गर्दै आएको राष्ट्रिय जनमोर्चा, कञ्चनपुरले शनिबार बेदकोट नगरपालिका वडा नं ८ मा मोटरसाइकल र्‍यालीको आयोजना गर्नुका साथै मसाल जुलुश प्रदर्शन गरेको छ । शनिबार दिउँसो सयौंको संख्यामा आयोजित मोटरसाइकल र्‍यालीपछिको कोणसभालाई अखिल (छैठौं) का महासचिव महेशराज जोशीले सम्बोधन गर्नुभएको थियो । यस्तै, शनिबार साँझ नै बेदकोटमा मसाल जुलुश प्रदर्शन गरिएको छ । कार्यक्रमलाई अखिल (छैठौं) का केन्द्रीय सचिवालय सदस्य उमेश कँडेलले सम्बोधन गर्नूभएको थियो । दुवै कार्यक्रमको सञ्चालन अखिल (छैठौं) का कञ्चनपुर जिल्ला सचिव पुष्कर भट्टले गर्नुभएको थियो । राष्ट्रिय जनमोर्चा, कञ्चनपुरले प्रतिनिधि सभा विघटन विरुद्ध करिब एक महिनादेखि सञ्चालन गरिरहेको ‘संगठन र संघर्ष’को कार्यक्रम भोलि (माघ १५ गते) बेदकोटमै समापन गर्दैछ । एकमहिने कार्यक्रम समापनको पूर्वसन्ध्यामा मोटरसाइकल र्‍याली र मसाल जुलुस प्रदर्शन गरेको हो । आइतबार बेदकोट नगरपालिका वडा नम्वर ८ को वडा कार्यालय नजिक सांस्कृतिक कार्यक्रमसहित एक महिने अभियानको समापन गरिने राजमोले जनाएको छ ।

प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड-नेपाल पक्षको मोटरसाइकल र्‍याली

नेकपाको प्रचण्ड-नेपाल पक्षले संसद विघटनविरुद्ध मोटरसाइकल र्‍याली निकालेको छ । भृकुटीमण्डपबाट निकालिएको र्‍याली बागबजार, शहीदगेट, त्रिपुरेश्वर, कुपन्डोल, कोटेश्वर हुँदै तीनकुनेमा पुगेर कोणसभामा परिणत भएको छ । कोणसभामा परिणत भएको मोटरसाइकल र्‍यालीमा जनसंगठन प्रमुखहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । माघ ९ गते राजधानीमा शक्ति प्रदर्शन गर्ने तयारी गरेको प्रचण्ड-नेपाल पक्षले त्यसको पूर्वसन्ध्यामा मोटरसाइकल र्याली गरेको हो ।

काठमाडौँमा प्रचण्ड–नेपाल समूहको वृहत मोटरसाइकल र्‍याली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले काठमाडौँमा वृहत मोटरसाइकल र्‍याली निकालेको छ । प्रतिनिधि सभा विघटनविरुद्ध यो समूहले बुधबार दिउँसो र्‍याली निकालेको हो । र्‍याली भृकुटीमण्डपबाट सुरु भएको हो ।