बस र माइक्रो ठोक्किँदा सुनसरीमा तीन जनाको ज्यान गयो

सुनसरी – सुनसरीमा बस र माइक्रो आपसमा ठोक्किँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरी इनरुवाको पितृवना सडक खण्डमा बा ५ ख ३१५७ नम्बरको माइक्रोबस र ना ६ ख ७९५ नम्बरको बस ठोक्किँदा माइक्रोका चालकसहित तीन जनाको ज्यान गएको प्रहरीले जनाएको छ । मृत...

सम्बन्धित सामग्री

स्याङ्जामा माइक्रो र बस ठोक्किँदा १३ जना घाइते

वालिङ – स्याङ्जाको भिरकोट नगरपालिका–४ छङछाङ्दीमा माइक्रो बस र भारतीय नम्बरको बस एकापसमा ठोकिँदा १३ जना घाइते भएका छन्। काठमाडौंबाट स्याङ्जाको वालिङतर्फ जाँदैगरेको बा३प १००३ नम्बरको माइक्रो बस र सुनौलीबाट पोखरा जाँदै गरेको भारतीय पर्यटक चढेको जीजे ०५ बीएक्स २३२३ नम्बरको बस सोमबार साँझ ६ बजे एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं […]

वीरेन्द्रनगरमा निजी क्षेत्रद्वारा नगर माइक्रो बस सञ्चालन

सिमकोट – कर्णाली प्रदेशको सुर्खेतको वीरेन्द्रनगरमा निजी क्षेत्रको पहलमा शुक्रबारबाट विभिन्न क्षेत्रमा नगर माइक्रो बस सञ्चालनमा आएको छ। निजी क्षेत्रले नगरपालिकासँग समन्वयमा गरेर शुक्रबारदेखि वीरेन्द्रनगरमा नगर बस सञ्चालन गरेको हो। यसअघि वीरेन्द्रनगरमा नगर बस नहुँदा अटो रिक्साले मनलाग्दी भाडा असुल्ने गरेको भन्दै चर्को विरोध हुँदै आएको थियो। वीरेन्द्रनगर प्रमुख मोहनमाया ढकालले शुक्रबार नगर बसमा चढेर […]

विद्युतीय माइक्रो बस सञ्चालनमा

लामो समयको प्रतीक्षापछि अभयपुर यातायात प्रालि दोलखाले दुईवटा विद्युतीय माइक्रो बस सञ्चालन गरेको छ । सार्वजनिक यातायातका रूपमा प्रयोग गर्न ल्याइएको गाडी अहिले परीक्षणका रूपमा  सञ्चालन गरिएको अभयपुर यातायात प्रालिका अध्यक्ष रविन श्रेष्ठले जानकारी दिए । उनका अनुसार अहिले परीक्षणका रूपमा जिल्लाको जिरी, सिँगटी, लामाबगर, रामेछापको मन्थली, काठमाडांमा सञ्चालन गरिएको हो ।...

२० वर्ष पुरानो माइक्रो बस कारवाहीमा

२०७९ भदौ ६ गते सोमबार बा १ ज ५७ ७० नम्बरको माइक्रो बस जाँच गर्दा २० वर्ष अवधि पुगेको देखिएकाले ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो।...

चुम्लिङटारमा बस र माइक्रो ठोक्किँदा १६ जना घाइते

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत चुम्लिङटारमा बस र माइक्रो एक आपसमा ठोक्किँदा १६ जना घाइते भएका छन् । बिहीबार काठमाडौंबाट बझाङ जाँदै गरेको ना ६ ख १३४० नम्बरको बस र भैरहवाबाट काठमाडौंतर्फ जाँदै गरेको लु २ ख ३५०२ नम्बरको माइक्रो इच्छाकामना गाउँपालिका–३ मा एक आपसमा ठोक्किएका हुन् । दुबै सवारी साधनमा सवार यात्रुहरूको उपचारका लागि […]

भैरहवा भाटभटेनी अगाडि माइक्रो बस पल्टियो

बेलहियाबाट बुटवल जाँदै गरेको माइक्रो बस बुधबार बिहान भैरहवास्थित भाटभटेनी अगाडि सडकमा पल्टिएको छ । लु १ ख ३६६० नम्बरको माइक्रो बसमा तीनजना यात्रु सवार थिए । चालक सहचालकको अवस्था समान्य छ ।एक महिलासहित पाँचजनाको भीम अस्पतालमा उपचार भइरहेको छ ।

नवलपरासीमा माइक्रो बस  दुर्घटना

नवलपरासीमा माइक्रो बस दुर्घटना भएको छ ।  त्रिवेणीबाट बर्दघाट आउँदै गरेको लु १ ख ३०८५ नम्बरको माइक्रो बस  दिउँसो गण्डक नगर अन्तर्गतको सडकमा  अनियन्त्रित भएर पल्टिएको  प्रहरीले जनाएको छ  ।लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले दुर्घटनाबाट बसमा सवार केही यात्रु सामान्य घाइते भएको जनाएको छ । बसमा २१ जना यात्रु सवार रहेको  प्रहरीले जनाएको छ । दुर्घटनाबाट घाइते याुत्रहरुको स्थानीय मेडिकलमा उपचार  भएको छ  ।

बस, माइक्रो र टेम्पोमा हट्यो जोरबिजोर प्रणाली

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक बस, माइक्रो बस र टेम्पोमा जोरबिजोर प्रणाली हटाएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको शुक्रबार बसेको संयुक्त बैठकले सार्वजनिक यातायातका साधन (बस, माइक्रो बस र टेम्पो)मा लगाइएको जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो । सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाइए पनि निजी सवारीसाधन (कार, मोटरसाइकल, […] The post बस, माइक्रो र टेम्पोमा हट्यो जोरबिजोर प्रणाली appeared first on राजधानी राष्ट्रिय दैनिक.

बस, माइक्रो र टेम्पोमा हट्यो जोरबिजोर प्रणाली

‘कोरोना भाइरस संक्रमणको जोखिमदेखि पछिल्लो परिस्थितिलाई मूल्यांकन गरेर बस, माइक्रो बस र टेम्पोमा लगाइएको जोरबिजोर प्रणाली हटाउने निर्णय भएको छ,’ उनले भने, ‘ट्याक्सी र निजी सवारीसाधनको हकमा जोरबिजोर प्रणाली यथावत् छ।’ बैठकलगत्तै जिल्ला प्रशासन कार्यालय काठम...

रुपन्देहीमा बस र माइक्रो ठोक्किँदा ८ जना घाइते

पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा बस र माइक्रो ठोक्किँदा ८ जना घाइते भएका छन् । काठमाडौंदेखि दाङ जाँदै गरेको ना ६ ख २३३१ नम्बरको यात्रुबाहक बस र रुपन्देहीको हरैयाबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २५२ नम्बरको माइक्रो सैनामैनाको मुर्गियामा ठक्कर खाएका हुन् ।दुर्घटनामा दुबै सवारी साधनका चार–चार जना यात्रु घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलले जनाएको छ । घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको र उनीहरुको अवस्था समान्य रहेको प्रहरीले जनाएको  छ