दाङ : तुलसीपुर उपमहानगरपालिका वडा नं ६ मोतिपुर निवासी रिता रिजालको घर भित्रै सडकको धुलो पस्छ। धुलोले आँखा रसाउने, छाति दुख्ने समस्या हुन्छ नै। खाने कुरामा पनि धुलो पस्दा थप पीडा बनाउने गर्छ।
घरभित्रै धुलो हुन्छ, खानामा पनि धुलो हुन्छ”,उनले भनिन्, “धुलोले नानी वावुहरुका आँखा रसाउछनु, छाति दुख्ने समस्या हुन्छ।”
घोराही-तुलसीपुर चारलेन निर्माण जारी रहँदा सो क्षेत्रमा धुलोले समस्या बनाएको छ। सोही ठाउँकै मुना पोख्रेललाई पनि त्यस्तै समस्याले सताउने गरेको छ। काम गर्ने क्रममा नाक मुखमा धुलो पस्ने,...