काठमाडौं : चिसो शुरु भएसँगै डेंगुका बिरामीको संख्या घट्दै गए पनि पछिल्लो समय बिरामीमा डेंगु निको भइसकेपछिका समस्या बढ्न थालेको पाइएको छ।डेंगु संक्रमण दर घट्दै गएको समयमा डेंगु निको भइसकेको १/२ महिनापछि पनि बिरामीहरू विभिन्न स्वास्थ्य समस्या लिएर आउने गरेको बताउँछन् काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डा शेरबहादुर पुन।उनका अनुसार पछिल्लो एक सातायता केही समयअघि डेंगु भएकाहरूले आफूलाई पूर्ण रुपमा सन्चो नभएको भन