काठमाडौं : सत्तारुढ प्रमुख घटक नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीन दुवै छिमेकीविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने बताएका छन्। साथै उनले दुवै छिमेकीसँग असल सम्बन्ध कायम राख्ने र देशमा कुनै पनि प्रकारको सैन्य गतिविधि हुन नदिने पनि बताएका छन्।
नेकपा एमाले परराष्ट्र मामिला विभागको शुक्रबार काठमाडौंमा शुरु दुईदिने अभिमुखीकरणको उद्घाटन गर्दै उनले छिमेकी भारत र चीनसँग असल छिमेकीको सम्बन्ध कायम राख्न चाहेको पटकपटक दोहोर्याए।
राष्ट्रको अहित हुने, मुलुकको सार्व...