अर्थमन्त्रीमा जनार्दन शर्मा फर्कने पक्का !

काठमाडौं : पूर्व अर्थमन्त्री जनार्दन शर्मा फेरि अर्थमन्त्रीको जिम्मेवारीमा फर्कने पक्का भएको छ।कर विज्ञ भन्दै नेपाल सरकारकै पूर्व नायब सुब्बालाई जेठ १४ को राति अर्थ मन्त्रालयमा प्रवेश गराएरै करका दरहरु हेरफेर गराएको आरोप लागेपछि राजीनामा दिएका शर्मालाई नै माओवादी केन्द्रले फेरि अर्थमन्त्रीकै जिम्मेवारीमा पठाउने भएको हो।पदाधिकारी चयन गर्ने एजेन्डा रहेको भोलिको स्थायी कमिटी बैठकले शर्मालाई पुन: जिम्मेवारीमा फर्काउन सिफारिस गर्ने र प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद् हेरफेर गर्ने माओवादी

सम्बन्धित सामग्री

अर्थमन्त्रीमा फर्कंदै जनार्दन : आजै शपथको तयारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा अर्थमन्त्रीमा फर्कने भएका छन् । संसद्मा बजेट प्रस्तुत हुनु अघिल्लो दिन राति अनधिकृत व्यक्ति प्रवेश गराएर बजेटमा करका दर हेरफेर गराएको आरोप लागेपछि असार २२ गते शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन गरिएको थियो । छानबिन समिति गठन हुनुअघि संसद्मा सम्बोधन गर्दै शर्माले...

जनार्दन शर्मा फेरि अर्थ मन्त्रालय फर्कने चर्चा, माओवादीले भोलि निर्णय गर्ने

काठमाण्डाै - संसदीय छानबिन विशेष समितिले करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेपछि जनार्दन शर्माले फेरि अर्थ मन्त्रालय सम्हाल्ने चर्चा हुन थालेको छ । छानबिन समितिको प्रतिवेदनपछि पूर्व अर्थमन्त्री शर्माले भने कुनै प्रतिक्रिया जनाउनुभएको छैन । तर समितिले शर्मालाई निर्दोष साबित गरेको व्याख्या गर्दै उहाँ नै फेरि अर्थ मन्त्रालय फर्किने सम्भावनाबारे चर्चा हुन थालेको छ । अर्थ मन्त्रीबारे माओवादीले भोलि बस्ने स्थायी समिति बैठकबाट निर्णय गर्ने तयारी गरेको छ । अर्थमा फेरि फर्कने या नफर्कने निर्णय शर्मामाथि...

अर्थमन्त्रीमा शर्मा फर्कने, गभर्नरको पद पनि नजाने

काठमाडौं, ६ साउन । हात्ति आयो हात्ति आयो फुस्सा भएको छ निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारीसँग जोडिएको फरक फरक प्रकरण । शर्मा र अधिकारीमाथि लागेको आरोप न कसैले प्रमाणित गर्न सक्यो न त कतै प्रमाण नै जुट्यो । शर्मा प्रकरणमा अर्थमन्त्री हुँदा अनाधिकृत व्यक्तिलाई करको दायरा हेरफेर गर्न मन्त्रालयमा मध्यराति छिराएको विषय […]

जनार्दन शर्मा फेरि अर्थ मन्त्रालय फर्कने

काठमाडौं, ५ साउन । संसदीय विशेष समितिले अहिलेसम्म छानविन गर्दा पनि जर्नादन शर्माले अनाधिकृत व्यक्तिलाई बजेटमा करको दर हेरफेरमा प्रवेश गराएको तथ्य फेला पारेन । संसदीय विशेष समितिको कार्यविधि ७ दिन थप गर्ने निर्णय आएको छ । समितिले अबको ७ दिनमा कुनै तथ्य फेला नपारेमा प्रतिवेदन शर्माकै पक्षमा जान सक्छ । त्यसपछि उनी पुनः अर्थ […]