दुर्लभ हुँदै गएको वन्यजन्तु एकसिंगे गैँडाको नेपालमा सोमबारबाट गणना थालिएको छ । ६ बर्षपछि नेपालमा पुनः गैँडा गणना थालिएको हो ।
सोमबार बिहान चितवन राष्ट्रिय निकुन्जको पूर्वी क्षेत्रस्थित पर्सा राष्ट्रिय निकुन्ज अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिकास्थित रमौली–प्रतापपुरमा पुगेर वन तथा वातावरण मन्त्री प्रेम आलेले हात्तीमा चढेर सिठी फुक्दै गैँडा गणना सुरु भएको घोषणा गर्नुभयो ।