चितवन राष्ट्रिय निकुञ्जको सुखीभार क्षेत्रमा देखिएको दुर्लभ एक सिङ्गे गैँडा । राष्ट्रिय गैँडा गणना २०७८ अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा रहेका छन् । तस्वीरः टेकराज पोखरेल, रासस
चितवन राष्ट्रिय निकुञ्जभित्र घाँसे मैदान व्यवस्थापनको काम सुरु गरिएको छ । दुर्लभ एक सिङ्गे गैँडा र बाघका आहारा प्रजातिलाई लक्षित गर्दै निकुञ्जका विभिन्न क्षेत्रमा विभिन्न दातृ संस्थाहरुको सहयोगमा घाँसेमैदान व्यवस्थापनको काम थालिएको हो ।
काठमाडौँ,९ माघ । दुर्लभ मानिएको एक सिङ्गे गैँडा संरक्षणसम्बन्धी छलफल गर्न एसियाका पाँच देशका उच्च अधिकारीहरु चितवन आउने भएका छन् । ‘थर्ड राइनो रेञ्ज कन्ट्रिज मिटिङ’ का लागि उनीहरु नेपाल आउने भएका हुन् । यही फेब्रुअरी ३ देखि ५ सम्म चितवनको पटिहानीमा गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय बैठक हुन लागेको हो । नेपाल, भारत, भूटान, इन्डोनेसिया र […]
काठमाण्डाै - आज विश्व गैँडा दिवस, संरक्षणको क्षेत्रमा काम गर्नेले विश्वभरि नै विभिन्न कार्यक्रम गरेर मनाइरहेका छन् ।
गैँडा संरक्षणको लागि भन्दै प्रकृतिको लागि विश्वव्यापी कोष डब्ल्यूडब्ल्यू एफले सन् २०१० देखि सेम्टेम्बर २२ तारिखमा यो दिवस मनाउने निर्णय गरेको हो । विश्वमा पाँच थरीका गैँडा भए पनि नेपालमा भने एक सिङ्गे गैँडा मात्रै पाइन्छ । सन् २०१३ मा गरिएको गणना अनुसार नेपालमा ६ सय ४५ वटा गैँडा छन् ।
चितवन राष्ट्रिय निकुञ्जमा मात्रै नेपालमा ६ सय ५ वटा गैँडा छन् ।
यस्तै, आज सामाजिक सेवा दिवस हो । २०३४ साल असोज ...
चितवन । चितवनमा दुलर्भ एक सिङ्गे गैँडा मृत अवस्थामा फेला परेको छ । माडी नगरपालिका वडा नम्बर १ वनकट्टास्थित रिउ खोलाको पुलबाट करिब ३०० मिटर उत्तरमा मृत गैँडा भेटिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीकाअनुसार आज बिहान करिब ७ बजे २९ वर्षको भाले गैँडा मृत अवस्थामा भेटिएको हो...
चितवन, १४ पुस । चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहामा ढुङ्गामा निर्माण गरिएको दुर्लभ वन्यजन्तुको मूर्ति । राप्ती नदी किनारका ढुङ्गाहरुमा दुर्लभ एक सिङ्गे गैँडा, पाटेबाघ, घडियाल गोही, अजिङ्गरलगायतका मूर्ति कुँदिएको छ । तस्वीरः टेकराज पोखरेल÷ रासस
बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको लोपउन्मुख एक सिङ्गे गैँडा संरक्षणमा चुनौती रहेको छ । जलवायु परिवर्तनका कारण तापक्रम वृद्धिको असर गैँडा संरक्षणमा पर्न थालेको छ । गैँडाका चरिचरन क्षेत्रमा वनमारालगायत मिचाहा प्रजातिका वनस्पति झाङ्गिँदै गएकाले आहाराको समस्या चुनौतीका रूपमा देखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए ।निकुञ्जसहित मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा गैँडाले बासस्थान बनाएका छन् । बर्दियामा पाँगो माटोको समस्या छ । यस्तो माटो घट्दै गएको पाइन्छ । गैँडालाई आहालमा ब
बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको लोपउन्मुख एक सिङ्गे गैँडा संरक्षणमा चुनौती रहेको छ ।
जलवायु परिवर्तनका कारण तापक्रम वृद्धिको असर गैँडा संरक्षणमा पर्न थालेको छ । गैँडाका चरिचरन क्षेत्रमा वनमारालगायत मिचाहा प्रजातिका वनस्पति झाङ्गिँदै गएकाले आहाराको समस्या चुनौतीका रूपमा देखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए ।
निकुञ्जसहित मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा गैँडाले बासस्थान बनाएका छन् । बर्दियामा पाँगो माटोको समस्या छ । यस्तो माटो घट्दै गएको पाइन्छ । गैँडालाई आहालमा बस्नुपर्ने भएकाले पोखरी तथा घो...
चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति चितवनले अदालतबाट पक्राउ परेका छुट्न थालेपछि संरक्षण कार्यमा चुनौती थपिएको जनाएको छ । निकुञ्जका कर्मचारी र सुरक्षा निकायको अथक प्रयासबाट पक्राउ परेकाहरू अदालतबाट सामान्य धरौटीमा छुट्न थालेपछि संरक्षणमा चुनौती थपिएको समितिले एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।विश्वमै नेपाललाई चिनाउने राष्ट्रिय निकुञ्ज र यसमा पाइने एक सिङ्गे गैँडा, पाटेबाघलगायत वन्यजन्तुको चोरी शिकारी गर्ने तस्कर पूरा कारवाहीको भागीदार भएर छुट्दासमेत पुनः चोरी शिकारीमै संलग्