चुरे तथा वन जंगलको संरक्षण र सुकुमवासीको व्यवस्थापनको माग गर्दै विगत २६ दिनदेखि जनकपुरधाममा रिले अनसनमा बस्दै आएका चुरे तथा वनजंगलको संरक्षण अभियानले तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।आइतबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा अभियानका राष्ट्रिय संयोजक सुनिल कुमार यादवले मधेस प्रदेश सरकारसँग भएको ७ बुँदे सहमति कार्यान्वयन नहुँदा तेस्रो चरणको आन्दोलन घोषणा गरिएको बताए । विगत २६ दिनदेखि रिले अनसन तथा विभिन्न दबाबमूलक कार्यक्रम गरे पनि प्रदेश सरकार र स्थानीय सरकारबाट सुनुवाइ नभएकाले बाध्यतावश