सरकारले मधेश आन्दोलनका क्रममा लागेका १२० जनाको मुद्दा फिर्ता गरेको छ ।
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बुधवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी मुद्दा फिर्ता भएको जानकारी गराएका हुन् ।
‘नेपाल सरकार बादी भई १ सय २० जना प्रतिवादी रहेका १५ वटा मुद्दा फिर्ता भएको छ । कानून र संविधान बमोजिम फिर्ता लिन मिल्नेलाई निरन्तर लिँदै जाने छ,’ गुरुङले भने ।
जनता समाजवादी पार्टी जसपाको माग अनुसार सरकारले मधेश आन्दोलनका क्रममा लागेका व्यक्तिहरूको मुद्दा फिर्ता ग...