सरकारले जनता समाजवादी पार्टी नेपालको माग अनुसार केही मुद्दा फिर्ता लिएपछि पार्टी सरकारसँग विश्वासको वातावरण तयार भएको पार्टी वरिष्ठ नेता राजेन्द्र महतोले बताएका छन् । ‘हाम्रा अझै केही माग पुरा गर्न बाँकी छ, त्यो माग पुरा भएपछि सरकारमा जान सकिन्छ,’ उनले भने, ‘तर त्यसका लागि मागहरु पुरा हुनुपर्छ । सरकारले १५ वटा मुद्दाअन्तर्गत १२० जनाको मुद्दा फिर्ता गरेकोमा जसपा नेपालले धन्यवाद ज्ञापन गर्दछ । सरकारको निर्णय स्वागतयोग्य हो । मुद्दा फिर्ता गरेर सत्ता सहकार्यका लागि वातावरण तय