नेपालको ग्रिड एजेण्डामा विकास साझेदारबाट ५ खर्ब सहयोगको प्रतिवद्धता

असोज ८, काठमाडौं । नेपालका लागि विकास साझेदार निकायहरुले नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) एजेण्डामा करीब ५ खर्ब रुपैयाँ बराबरको सहयोग गर्ने प्रतिवद्धता वयक्त गरेका छन् ।  सरकार र विकास साझेदार बीच शुक्रवार ‘काठमाडौं घोषणापत्र’  अनुमोदन गर्दै घोषणापत्रमा उक्त रकम बराबरको सहायता परिचालनको प्रतिवद्धता साझेदार निकायहरुले गरेका हुन् । ग्रिड एजेण्डामा नेपालका विकास साझेदारहरुले ४ अर्ब २० करोड अमेरिकी डलर (४ खर्ब ९६ अर्ब रुपैयाँ) सम्मको सम्भावित भविष्यको सहयोगको पहिचान गरिएको छ । यसका अतिरिक्त विकास साझेदारहरुले ग्रिड एजेण्डामा सहयोग गर्न ३ अर्ब २० करोड अमेरिकी डलर (करीब ३ खर्ब ७८ अर्ब रुपैयाँ) बराबरको स्रोत परिचालनको प्रतिवद्धता यसअघि नै गरिसकेका छन् । विश्व बैंकका अनुसार कोभिड-१९ महामारीले निम्त्याएको संकटबाट नेपालको पुनरुत्थानका लागि प्राथमिकताका क्षेत्रमा लगानी गर्नका लागि यस ग्रिड रणनैतिक कार्य योजनाले अन्तरराष्ट्रिय र घरेलु लगानीहरूको समन्वय गर्नेछ । ‘दीगो पुनरुत्थान, वृद्धि तथा रोजगारीका लागि नेपालको हरित उत्थानशील र समावेशीतर्फको यात्रा’ नामक उच्च स्तरीय सम्मेलनका अवसरमा उक्त घोषणापत्र जारि गरिएको हो । नेपाल सरकार, एसियाली विकास बैंक, अष्ट्रेलिया, यूरोपेली संघ, फिनल्याण्ड, जर्मनी, अन्तरराष्ट्रिय मुद्रा कोष, जापान, नर्वे, कोरियाली गणतन्त्र, स्वीट्जरल्याण्ड, संयुक्त राज्य बेलायत, संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका र विश्व बैंकका तर्फबाट घोषणा पत्र अनुमोदन भएको हो । विश्व बैंकका अनुसार कोभिड-१९ महामारीले निम्त्याएको संकटबाट नेपालको पुनरुत्थानका लागि प्राथमिकताका क्षेत्रमा लगानी गर्न ग्रिड रणनीतिक कार्ययोजनाले अन्तरराष्ट्रिय र राष्ट्रिय लगानीको समन्वय गर्ने काम गर्ने भएको छ । उक्त अवसरमा अर्थमन्त्री जनार्दन शर्माले ग्रिड योजनाका लागि सरकार प्रतिवद्ध रहेको बताए । उनले यसबाट नेपालमा जलवायु परिवर्तनका चुनौती र बढ्दो असमानता सम्बोधन गर्न सघाउने समेत बताएका छन् । नेपालको सबल र उत्थानशील पुनर्निर्माणमा विकास साझेदार र निजी क्षेत्रसहितका सरोकारवालासँग मिलेर काम गर्न सरकार तयार रहेको उनले बताएका छन्। दक्षिण एशियाका लागि विश्व बैंकका उपाध्यक्ष हार्टविग शेफरले जलवायू परिवर्तनका लागि नेपालको राष्ट्रिय स्तर बाट निर्धारित योगदान  र दिगो विकास लक्ष्यका उद्देश्यहरूसँग मेल खाने गरि लगानी तथा नीतिहरू निर्देशित गर्ने यस ग्रिड योजनामा सहयोग गर्न पाउँदा खुशी भएको बताए । ग्रिड अन्तर्गतका लगानीले नेपालको १५ औं विकास योजना, पेरिस जलवायु सम्झौताका लागि राष्ट्रिय स्तरमा निर्धारित योगदान तथा दीगो विकास लक्ष्यका उद्देश्य हासिल गर्न सघाउने बताइएको छ । यसअन्तर्गत हरित वृद्धि, रोजगारी तथा पूर्वाधार प्रवर्द्धन, जलवायु परिवर्तन तथा विपद्बाट आइपर्ने आघात विरुद्ध लड्न समेत सहयोग पुग्ने उल्लेख गरिएको छ ।  

सम्बन्धित सामग्री

बागलुङ विकासमा सहकार्य गर्ने एनआरएनएको प्रतिवद्धता

गैरआवासीय नेपालीहरू (एनआरएनए)ले बागलुङको विकास र समृद्धिमा सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् ।...

बागलुङ विकासमा सहकार्य गर्ने एनआरएनएको प्रतिवद्धता

गैरआवासीय नेपालीहरू (एनआरएनए)ले बागलुङको विकास र समृद्धिमा सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् ।...

शीतगङ्गालाई विकास गर्ने प्रतिवद्धता

काठमाडौँ,२३ कार्तिक । नेपाली कांग्रेसका नेता तथा पूर्व उपसभामुख पुष्पा भुसालले नेपालकै सबैभन्दा ठूलो शीतगङ्गा नगरपालिकाको विकासका लागि विशेष क्षेत्र बनाउने बताएका छन् । शीतगङ्गा नगरपालिका– १२ को रजियामा भएको चुनावी प्रचारप्रसार कार्यक्रमलाई सम्बोधन गर्दै अर्घाखाँचीबाट नेपाली काङ्ग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार भुसालले भौगोलिक अवस्थाले जटिल रहेको शीतगङ्गा नगरलाई विशेष क्षेत्र बनाएर विकासको नमुना […]

विकास, निर्माणमा प्रतिवद्धता माग्दै मतदाता

सांसदको मुख्य जिम्मेवारी कानुन निर्माण नै हो । तथापि नेपालका विकास, निर्माणको अगुवाइसमेत सांसदले गर्दै आएका छन् । सोही कारणले अहिले उम्मेदवारसँग मतदाता विभिन्न विकास, निर्माणका प्रतिवद्धता मागिरहेका छन् ।कास्की ३ का मतदाताले पनि शनिबार सत्ता गठबन्धनका उम्मेदवारसँग आफूले भोग्नुपरेका अप्ठेरा सुनाए । आवश्यक विकास, निर्माणको प्रतिवद्धता मागे । कास्की ३ बाट ५ दलीय गठबन्धनका साझा उम्मेदवार राजमीप्रसाद बराल (जीवन)ले निर्वाचनपछिको विकास, निर्माणका काममा पनि गठबन्धनकै सहकार्यमा अघि बढ्ने बताए । उनले मेलब

घरदैलोमा पर्यटनमन्त्री श्रेष्ठको प्रतिवद्धता: हाम्रो क्षेत्रलाई नमुना बनाउँछु

सहरलाई आवश्यक पर्ने पूर्वाधार निर्माणको काम तीव्र रुपमा अघि बढाउने प्रतिवद्धता जनाउँदै उनले उक्त क्षेत्रलाई सांस्कृतिक तथा पर्यटकीय केन्दको रुपमा विकास गर्ने बताए।...

खप्तडको विकास र प्रचारका लागि नौ बुँदे प्रतिवद्धता

काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तडको विकास तथा प्रचारका लागि नौ बुँदे प्रतिवद्धता जारी गरिएको छ । शुक्रबार खप्तड क्षेत्रमा पर्ने झिग्रानामा खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति र उद्योग वाणिज्य संघ डोटीले खप्तड विकास र प्रचारका लागि आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमका सहभागीले सो प्रतिवद्धता व्यक्त गरेका हुन् । खप्तडलाई अन्तर्राष्ट्रिय म्याराथन बनाउने, […]

नतिजा देखिने गरी काम गर्ने सहरी विकास मन्त्रीको प्रतिवद्धता

काठमाडौं । नवनियुक्त सहरी विकास मन्त्री मेटमणि चौधरीले पदभार ग्रहण गर्दै पाँच महिनामा नतिजा देखिने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् । सोमबार पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्री चौधरीले सिंहदरबारमा पदभार ग्रहण गर्दै क्षमता अनुसार काम गरेर देखाउने प्रतिबद्धता जनाए । उनले सहरी ऐनलाई अघि बढाउने प्रस्तावमा हस्ताक्षर गरेका थिए । उनले यसअघि भएका […] The post नतिजा देखिने गरी काम गर्ने सहरी विकास मन्त्रीको प्रतिवद्धता appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेपालको विकासमा सहयोग गर्ने एशियाली विकास बैंकको प्रतिवद्धता

काठमाडौं । एशियाली विकास बैंकले नेपालको विकासमा आवश्यक सहयोगका लागि प्रतिवद्धता व्यक्त गरेको छ । बैंकका उपाध्यक्ष सिक्सिन छेनले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा सहयोग जारी रहने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । नेपाल सरकारको विशेषगरी प्रशासन सुधार, पूर्वाधार तथा मानवीय विकासमा लगानी बढाई लैंगिक समावेशी सामाजिक विकास तथा जलवायु परिवर्तनले पारेको प्रभाव न्यूनीकरणमा बैंकको सहयोग […]

खप्तडमा पर्यटन विकास गर्न योजना र बजेट केन्द्रित गर्ने लिखित प्रतिवद्धता

सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरुले खप्तड क्षेत्रमा पर्यटन विकास गर्नका लागि योजना र बजेट केन्द्रित गर्ने लिखित प्रतिवद्धता जनाएका छन् ।खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिले धनगढीमा आयोजना गोष्ठीमा उनीहरुले छ वटा बुँदामा लिखित प्रतिवद्धता जनाएका हुन् । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामी, प्रवक्ता […]