नतिजा देखिने गरी काम गर्ने सहरी विकास मन्त्रीको प्रतिवद्धता

काठमाडौं । नवनियुक्त सहरी विकास मन्त्री मेटमणि चौधरीले पदभार ग्रहण गर्दै पाँच महिनामा नतिजा देखिने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् । सोमबार पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्री चौधरीले सिंहदरबारमा पदभार ग्रहण गर्दै क्षमता अनुसार काम गरेर देखाउने प्रतिबद्धता जनाए । उनले सहरी ऐनलाई अघि बढाउने प्रस्तावमा हस्ताक्षर गरेका थिए । उनले यसअघि भएका […] The post नतिजा देखिने गरी काम गर्ने सहरी विकास मन्त्रीको प्रतिवद्धता appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

समयमै काम समपन्न गर्न निर्माण व्यवसायीलाई मन्त्री पाण्डेको निर्देशन

सहरी विकास मन्त्री विक्रम पाण्डेले समयमै काम समपन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन्।...

सहरी विकास मन्त्रीको निर्देशनपछि धोबीखोला काेरिडोर धमाधम पिच हुँदै

काठमाण्डाै – सहरी विकास मन्त्री मेटमणि चौधरीको निर्देशनपछि धोबीखोला काेरिडोरको अधुरो काम धमाधम सुरु भएको छ ।  ‘काेरिडोरमा अवरोध हटाउन र अधुरा काम तत्काल अगाडि बढाउन मन्त्रीज्यूले निर्देशन गर्नुभएअनुसार बाँकी काम अघि बढाइएको छ । अब छिट्टै नै धोबिखोला काेरिडोर सुधार आयोजनाको कामले अन्तिम रूप पाउने छ’, उपत्यका विकास प्रधिकरणकी आयुक्त जानुका ढकालले भन्नुभयाे । नदी अतिक्रमण गरी बनाएका संरचना भत्काउन, सर्वसाधारण हिँड्ने फुटपाथमा अवरोध नगर्न र कालोपत्र (पिच) थप्नुपर्ने ठाउँमा तत्काल काम अगाड...

सहरी विकास मन्त्रीको निर्देशनपछि धोबिखोला करिडोर धमाधम पिच हुँदै

काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीको निर्देशनपछि धोबिखोला करिडोरको अधुरो काम धमाधम सुरु भएको छ । ‘करिडोरमा अवरोध हटाउन र अधुरा काम तत्काल अगाडि बढाउन मन्त्रीज्यूले निर्देशन गर्नुभए बमोजिम बाँकी काम अघि बढाइएको छ । अब छिट्टै नै धोबिखोला करिडोर सुधार आयोजनाको कामले अन्तिम रुप पाउने छ ।’ उपत्यका विकास प्रधिकरणका आयुक्त जानुका ढकालले […] The post सहरी विकास मन्त्रीको निर्देशनपछि धोबिखोला करिडोर धमाधम पिच हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

समयमै काम सक्न सहरी विकास मन्त्रीको निर्देशन

विराटनगर । विराटनगरको कोशी अस्पतालमा ५०० शैयाको अत्याधुनिक भवन बन्ने भएको छ । अस्पताल परिसरमा विहिबार आयोजित एक कार्यक्रमविच सहरी विकास मन्त्री मेटमणि चौधरी र स्वास्थ्य जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले बन्न लागेको नयाँ भवनको संयुक्त रुपमा शिलान्यास गरेका छन् । कार्यक्रममा बोल्दै सहरी मन्त्री चौधरीले निर्माणको जिम्मा पाएको केसी कन्सस्ट्रक्सनलाई समयमै निर्माण कार्य सक्न […] The post समयमै काम सक्न सहरी विकास मन्त्रीको निर्देशन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

इन्जिनियरहरुलाई सहरी विकास मन्त्रीले भने : पैसाका पछि कहिल्यै नलाग्नुस्

सहरी विकास मन्त्री मेटमणि चौधरीले इन्जिनियरहरुलाई पैसाका पछि कहिल्यै नलाग्न निर्देशन दिएका छन् । लोक सेवाबाट सिफारिस भएर आएका ५९ जना इन्जिनियरहरुलाई मन्त्रालयमा आयोजिक बधाई तथा स्वागत कार्यक्रममा मन्त्री चौधरीले भने, ‘अब तपाईँहरुको नीजि जीवनभन्दा फराकिलो स्पेस भएको छ ।राज्यले पनि तपाईँहरुमाथि ठुलो लगानी र भरोसा गरेको छ । राज्यले दिएको जिम्मेवारीमा जवाफदेही बन्नुहोला । कहिल्यै पैसाका पछि नलाग्नुस् । तपाईंले इमानदारीपुर्वक काम गर्नुभयो भने पैसा आफैँ तपाईंको पछि लाग्नेछ ।’ इन्जिनियरले प

बनेपाको पुण्यमाता करिडोरको काम पुन: अगाडि बढाउन माग

काठमाडौं : पुण्यमाता करिडोरको काम तत्काल अगाडि बढाउन माग गरिएको छ। बनेपा बजारलाई सुन्दर र व्यवस्थित बनाउनका लागि करिब दुई वर्ष अगाडि सो करिडोरको काम थालिएको थियो। स्थानीयस्तरमा विवाद भएपछि रोकिएको काम पुनः थालनी गर्ने विषयमा  सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभाग, बनेपा नगरपालिका र स्थानीय सरोकारवाला…

नतिजा देखिने गरी काम गर्ने सहरी विकास मन्त्री चौधरीको प्रतिवद्धता

नवनियुक्त सहरी विकास मन्त्री मेटमणि चौधरीले पदभार ग्रहण गर्दै पाँच महिनामा नतिजा देखिने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

सहरी विकास कार्यालयलाई पुनर्निर्माणका बाँकी काम गर्ने जिम्मा

सिन्धुपाल्चोक (अस) । सिन्धुपाल्चोकको भूकम्पपछिको पुनर्निर्माणको काम अब सहरी विकास कार्यालयले गर्ने भएको छ । यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मातहत रहेर जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) र जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) सिन्धुपाल्चोकले पुनर्निर्माणको काम गर्दै आएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिकोे २० औं बैठकले राष्ट्रिय पुनर्निर्माणको बाँकी काम सम्बन्धित निकायबाटै कार्य सम्पादन हुने गरी हस्तान्तरण गर्ने निर्णय गरेपछि जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) र अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार सिन्धुपाल्चोकले गर्दै आएको भूकम्पपछिको पुनर्निर्माणको काम सहरी विकास कार्यालयलाई जिम्मा लगाइएको हो । जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) का निमित्त जिल्ला आयोजना प्रमुख सन्तोषकुमार निरौला र जिल्ला आयोजाना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का आयोजना प्रमुख भरतप्रसाद आचार्यले सहरी विकास कार्यालयका सिन्धुपाल्चोक इकाइ प्रमुख टंकप्रसाद गौतमलाई बाँकी काम हस्तान्तरण गरेका हुन् । दुवै कार्यालयमा रहेका भौतिक सामग्री सहरी विकास कार्यालयललाई हस्तान्तरण गरिएको छ । ०७२ वैशाख १२ गते गएको विनासकारी भूकम्पले क्षति पुर्‍याएको निजी आवास तथा सार्वजनिक सम्पदाको पुनर्निर्माण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गर्दै आएको थियो । प्राधिकरणले सम्पन्न गर्न बाँकी काम सम्बन्धित निकायलाई नै हस्तान्तरण गर्ने निर्णय गरेसँगै यो प्रक्रियामा गएको हो । निरौलाले जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) ले गर्दै आएको सरकारी तथा सार्वजनिक भवन, स्वास्थ्य संस्था पुरातात्विक सम्पदा एवं गुम्बा र उक्त कार्यसँग सम्बन्धित सम्पत्ति, दायित्व स्रेस्ता, कागजात, बेरुजु विवरणसमेत सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको संघीय आयोजना कार्यान्वयन इकाइ सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयलाई सुम्पिएको बताए । ‘हामीले सिन्धुपाल्चोकका ९८ प्रतिशत निजी आवास एवं २० भन्दा बढी एकीकृत बस्ती पुनर्निर्माण सकेका छौं’, निरौलाले भने, ‘३७ वटा स्वास्थ्य भवन, ५ पुरातात्विक महत्वका गुम्बा पुनर्निर्माण भइरहेका छन् ।’

पुनर्निर्माणका बाँकी काम हस्तान्तरण सुरु

निजी आवास तथा बस्ती विकासतर्फका बाँकी काम सहरी विकास मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागलाई हस्तान्तरण गरिएको छ।...