अघिल्लो हप्ताको तुलनामा यस हप्ता वाणिज्य बैंकहरुको निक्षेप संकलनमा २० अर्बले गिरावट आएको छ ।नेपाल बैंकर्स संघले सोमबार जारी गरेको साप्ताहिक रिपोर्ट अनुसार गत असोज ३१ गतेदेखि कार्तिक ५ गतेसम्ममा २७ वाणिज्य बैंकहरुले निक्षेप संकलनमा २० अर्ब रुपैयाँले घट्दै ४२ खर्ब ४९ अर्ब रुपैयाँमा सीमित भएको हो । अघिल्लो हप्ता बैंकहरुले ४२ खर्ब ६९ अर्ब संकलन गरेका थिए । तथापि, यता कर्जा लगानी तर्फ भने अघिल्लो हप्ताको तुलनामा यस हप्ता पनि समान रहेको संघले जनाएको छ । गत हप्ता ३९ खर्ब ९८ अर्ब कर्जा लगानी