धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। आइतबार बसेको सुदूरपश्चिम प्रदेशसभाको १० औँ अधिवेशनको पाँचौँ बैठकमा प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। सरकारले नीति तथा कार्यक्रममा अत्यावश्यकबाहेक नयाँ सवारीसाधन खरिद नगर्ने उल्लेख गरेको छ। यस्तै प्रदेशको प्रथम पञ्चवर्षीय योजनाले तय […]