नेपालमा "कोभिसिल्ड" प्रचलित नाम हो। जापान सरकारले दिएको एस्ट्राजेनेकाको खोप "कोभिसिल्ड" को पहिलो डोज लगाएर बसेकाहरुलाई लगाउने घोषणा गरेसँगै यसअघि कोभिसिल्डको पहिलो मात्रा लगाएकाहरुमा अन्योलता छाएको देखिएको छ।
काठमाण्डाै - कोभिसिल्ड खोपको दोस्रो डोजको पर्खाइमा रहेका नागरिकका लागि पर्सिदेखि खोप अभियान सुरु हुने भएको छ । हिजो भुटानबाट तीन लाख डोज एस्ट्राजेनेकाको खोप काठमाण्डौ ल्याइएको तथा आज र भोलि जापानबाट ८ लाख डोज एस्ट्राजेनेकाकै खोप आउने भएकाले पर्सिदेखि दोस्रो डोजको खोप अभियान सुरु हुन लागेको हो ।
यसअघि कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेका नागरिकलाई यो खोप दिइने खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले उज्यालोलाई जानकारी दिनुभयो । उहाँकाअनुसार पर्सि सोमवारदेखि वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र ...
कोरोना भाइरसविरुद्ध प्रभावकारी मानिएको कोभिसिल्डको पहिलो डोज खोप लगाएका ६५ वर्षमाथिका झण्डै साढे १४ लाख ज्येष्ठ नागरिकलाई एस्ट्राजेनेकाको खोप दोस्रो डोजका रुपमा लगाउने गरी प्रक्रिया थालिएको छ । सकेसम्म त उनीहरुलाई दोस्रो डोज पनि कोभिसिल्ड नै लगाउने भनिएको हो । तर त्यो सम्भव हुने अवस्था देखिएन ।
भारतले कोभिसिल्ड खोप निर्यातमा प्रतिबन्ध लगाएपछि तत्काल नेपाल आउने सम्भावना नभएकाले त्यसको विकल्पमा एस्ट्राजेनेकाको खोप दोस्रो डोजका रुपमा लगाउन लागिएको हो । कोभिसिल्ड खोप नपाउने पक्का जस्त...
बेलायतले आपत्कालीन स्वीकृति प्रदान गरेको कोभिड–१९ विरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप ल्याउन नेपाललाई सहज हुने भएको छ । यो खोप भारतमा पनि उत्पादन हुने भएकाले नेपाल ल्याउन अनुकूल हुने देखिएको हो ।
बेलायतको मेडिसिन एन्ड हेल्थ केयर प्रोडक्टस् रेगुलेटरी एजेन्सी (एमएचआरए) ले बुधबार यो खोपलाई स्वीकृत गरिसकेको छ । भारतमा पनि जनवरी पहिलो साता यसले आपत्कालीन स्वीकृति पाउने सम्भावना छ । नेपालको पूर्वाधार र संरचनाअनुकूल २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिने ‘एजेडडी १२२२’ खोप भारतमा को...