काठमाण्डाै - कोभिसिल्ड खोपको दोस्रो डोजको पर्खाइमा रहेका नागरिकका लागि पर्सिदेखि खोप अभियान सुरु हुने भएको छ । हिजो भुटानबाट तीन लाख डोज एस्ट्राजेनेकाको खोप काठमाण्डौ ल्याइएको तथा आज र भोलि जापानबाट ८ लाख डोज एस्ट्राजेनेकाकै खोप आउने भएकाले पर्सिदेखि दोस्रो डोजको खोप अभियान सुरु हुन लागेको हो ।
यसअघि कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेका नागरिकलाई यो खोप दिइने खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले उज्यालोलाई जानकारी दिनुभयो । उहाँकाअनुसार पर्सि सोमवारदेखि वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र ...