कोरोना भाइरसविरुद्ध प्रभावकारी मानिएको कोभिसिल्डको पहिलो डोज खोप लगाएका ६५ वर्षमाथिका झण्डै साढे १४ लाख ज्येष्ठ नागरिकलाई एस्ट्राजेनेकाको खोप दोस्रो डोजका रुपमा लगाउने गरी प्रक्रिया थालिएको छ । सकेसम्म त उनीहरुलाई दोस्रो डोज पनि कोभिसिल्ड नै लगाउने भनिएको हो । तर त्यो सम्भव हुने अवस्था देखिएन ।
भारतले कोभिसिल्ड खोप निर्यातमा प्रतिबन्ध लगाएपछि तत्काल नेपाल आउने सम्भावना नभएकाले त्यसको विकल्पमा एस्ट्राजेनेकाको खोप दोस्रो डोजका रुपमा लगाउन लागिएको हो । कोभिसिल्ड खोप नपाउने पक्का जस्त...