जनतासँग माओवादीको विशेष रूपान्तरण अभियान लक्ष्य र उद्देश्यमा सफल भएको छ । टोल कमिटीदेखि संगठन गठन–पुनर्गठन भएका छन् । कतिपय निष्क्रिय रहेका कमिटी पनि अहिले सक्रिय भएका छन् । संगठन थप सृदृढ भएको...
इस्लामावाद– पाकिस्तानलाई कार्बनरहित पर्यावरण–मैत्री इन्धनको प्रवृत्तिको बीचमा, स्वच्छ ऊर्जा रूपान्तरण हासिल गर्ने अवसरको उच्च सदुपयोग गर्ने सुझाव विज्ञहरूले शुक्रबार दिएका छन् । दिगो विकास नीति संस्थानका कार्यकारी निर्देशक आबिद कयुम सुलेरीले हरित हाइड्रोजन विकास क्षमता हासिल गर्न चीन-पाकिस्तान आर्थिक कोरिडोर (सिपिइसी) ढाँचा अन्तर्गत पाकिस्तानी र चिनियाँ कम्पनीहरूबीच लगानी र संयुक्त उद्यमका अवसरहरू खोज्न विशेषज्ञ, अनुसन्धानकर्ता […]
नवीकरणीय ऊर्जामा अहिले जलविद्युत्पछिको भरपर्दो स्रोत सौर्य ऊर्जा मानिन्छ । हरितगृह ग्यास उत्सर्जन घटाउने विश्वव्यापी अभियानमा जलविद्युत्सँगै सौर्य ऊर्जाको विकास एवं प्रवर्द्धनको खाँचो बढ्दै गएको छ । नेपालमा पनि यस क्षेत्रमा काम अघि बढेका छन् । प्रस्तुत छ, नेपालमा सौर्य ऊर्जाको आवश्यकता, यस क्षेत्रमा भएका काम, सम्भावना, महत्त्व लगायत विषयमा आर्थिक अभियानका प्रशान्त खड्काले रिडी पावर कम्पनी लिमिटेडका कार्यकारी निर्देशक तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का सदस्य कुबेरमणि नेपालसँग गरेको कुराकानीको सार :
खासमा सौर्य ऊर्जा के हो ?
सामान्यतया सूर्यको प्रकाशबाट पाइने ऊर्जा नै सौर्य ऊर्जा हो । सोलार प्यानलबाट उत्पादन हुने बिजुली बत्ती बाल्ने, खाना पकाउने, पानी तताउने लगायत काममा प्रयोग गरिन्छ । जलविद्युत् नपुगेका ठाउँमा सौर्य ऊर्जालाई ब्याट्रीमार्फत बिजुलीमा रूपान्तरण गरिन्छ भने जलविद्युत् पुगेको ठाउँमा त्यसलाई सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडेर बिजुली परिणत गरिन्छ ।
नेपालको ९५ प्रतिशत घरपरिवारमा जलविद्युत् पुगिसकेको छ । यो अवस्थामा सौर्य ऊर्जा किन आवश्यक छ ?
हामीसँग बिजुली नहुँदा घरको छानामा सोलार प्लानल राखेर ब्याट्री चार्ज गरी बिजुली बालिन्थ्यो । अहिले पनि बिजुली नपुगेका ठाउँमा सोलार प्यानलबाट ब्याट्री चार्ज गरी बत्ती बाल्न सकिने विकल्प छ । यसैगरी प्रसारण लाइनमा सौर्य ऊर्जा जोडेर विद्युत् क्षमता विस्तार गर्न सकिन्छ । बिजुली नपुगेका ठाउँमा सोलार लिफ्टिङ प्रणालीबाट पानी तान्न सकिन्छ । पहाडी क्षेत्रमा सोलार लिफ्टिङ खानेपानी आयोजना निकै प्रभावकारी मानिएका छन् । सौर्य ऊर्जाका अन्य थुप्रै फाइदा छन् ।
नेपालमा हाल सौर्य ऊर्जा उत्पादनको अवस्था कस्तो छ ?
हाल ८१ दशमलव २६ मेगावाट क्षमताका १३ ओटा आयोजनाबाट उत्पादित सौर्य ऊर्जा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ भने ६ ओटा आयोजना निर्माणको चरणमा छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा १० लाख ३० हजार हेक्टर जमीन बाँझो छ । त्यसको १–२ प्रतिशत मात्र पनि उपयोग गर्ने हो भने सयौं मेगावाट सौर्य ऊर्जा उत्पादन गर्न सकिन्छ । १ मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना निर्माण गर्न डेढ बिघा जमीन चाहिन्छ । त्यसबाट वार्षिक १७ देखि २० लाख युनिट विद्युत् उत्पादन हुन्छ । राष्ट्रिय प्रसारण लाइनमा जोडिएका सौर्य आयोजनाबाट प्रतिमेगावाट वार्षिक रू. १ करोड २४ लाखदेखि १ करोड ५३ लाखसम्म आम्दानी हुन्छ ।
नेपालका छिमेकी मुलुकमा सौर्य ऊर्जा उत्पादनको परिदृश्य कस्तो छ ?
अहिले चीनमा करीब ४ लाख मेगावाटका जलविद्युत् आयोजना सञ्चालनमा छन् । त्यहाँ सौर्य ऊर्जा पनि सोही परिमाणको हाराहारीमा उत्पादन भइरहेको छ । चीन सौर्य ऊर्जा उत्पादनमा विश्वमा पहिलो स्थानमा छ । त्यसैगरी भारतमा ४५ हजार मेगावाट जलविद्युत् र ६५ हजार मेगावाट सौर्य ऊर्जा उत्पादन भएको छ । यस्तै ३०–३५ मेगावाट बिजुली हावाबाट उत्पादन भइरहेको छ । पूर्वाधार तयार पार्ने हो भने काठमाडौंमै करीब १०० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्न सकिने सम्भावना छ । काठमाडौंका घरका छतमा सोलार प्यानल लगाएर पनि सौर्य ऊर्जा उत्पादन गर्न सकिन्छ । त्यसरी उत्पादित बिजुली सम्बन्धित घरमा खपत गरी बढी भएमा सौर्य प्रणाली नभएका घरमा पुर्याउन सकियो । यसरी काठमाडौंको दिउँसोको आवश्यकता सौर्य ऊर्जाबाट पूर्ति गर्नुपर्छ । अहिले ‘ग्राउण्ड माउन्टेन्ड सोलार प्यानल’ प्रविधि आएको छ । सोही प्रविधिअनुसार बुटवलको तिलोत्तमामा २६ बिघा जमीनमा सोलार प्यानल लगाइएको छ । त्यसबाट साढे ८ मेगावाट बिजुली उत्पादन भइरहेको छ । त्यसरी वर्षमा १ करोड ४४ लाख युनिट बिजुली उत्पादन हुन्छ । यो बिजुली राष्ट्रिय प्रसारण लाइनबाट उपभोक्ताको घरसम्म पुग्छ ।
सौर्य ऊर्जाबाट उत्पादित बिजुली खपतका लागि के गर्न सकिन्छ ?
हाम्रो देशमा ८३ हजार मेगावाट बिजुली उत्पादन क्षमता भनिन्छ । ‘डिजाइन डिस्चार्ज’ बढाउने हो भने करीब २ लाख मेगावाट जलविद्युत् उत्पादन गर्न सकिन्छ । अब त्यति नै परिमाणमा सौर्य ऊर्जा किन उत्पादन नगर्ने ? खपतको विषयमा नेपालीको प्रतिव्यक्ति विद्युत् खपत परिमाण निकै कम छ । यसलाई बढाउनुपर्छ । अहिले सबै करीब ९५ प्रतिशत घरधुरीमा बिजुली पुगिसकेको छ । तर आपूर्ति प्रणाली अझै सुदृढ भइसकेको छैन । लोडसेडिङ अन्त्य भए पनि विद्युत् आपूर्ति अनियमित हुने गरेको छ । स्तरीय वितरण तथा आपूर्ति नहुँदा खपत बढ्न सकेको छैन । प्रसारण लाइन लगायत अत्यावश्यक पूर्वाधारमा सुधार हुने हो भने घरायसी तथा औद्योगिक प्रयोजनमा समेत सहजै विद्युत् खपत बढाउन सकिन्छ । आन्तरिक माग धानेर बढी भएको बिजुली अहिले नै पनि भारतमा निर्यात गर्न थालिएको छ ।
१० वर्षमा १० हजार मेगावाट बिजुली लैजाने गरी नेपाल र भारतबीच भएका सहमति भर्खरै भारत सरकारले स्वीकृत गरेको छ । उक्त सहमति अनुसारको बिजुली भारत पठाउन उत्पादन बढाउनुको विकल्प छैन । यस्तोमा सौर्य ऊर्जाको समेत ठूलो भरथेग हुन सक्छ । त्यसैले मध्यकालीन र दीर्घकालीन रूपमा हेर्दा बिजुली खेर जाला कि भन्ने चिन्ता नै गर्नुपर्दैन । भारत मात्र नभई बंगलादेशमा पनि बिजुली बेच्ने विषय अघि बढिसकेको छ । बरु हामीले उनीहरूको मागअनुसार विद्युत् पुर्याउन चुनौती हुन सक्छ । त्यो हाम्रा लागि अवसर पनि हो । उत्पादन बढाएर प्रसारणतर्फका पूर्वाधार निर्माण तथा क्षमता सुधार गरी बिजुली निर्यात बढाउन सकिन्छ । अहिले निर्माणको चरणमा प्रवेश गरेको एमसीसी परियोजना अन्तर्गत बन्ने अन्तरदेशीय प्रसारण लाइन तथा सबस्टेशन त्यसका लागि महत्त्वपूर्ण पूर्वाधार हुन् । समय लागे पनि दीर्घकालमा ती आयोजना नेपालको विद्युत् व्यापारका लागि अत्यावश्यक छन् ।
सौर्य ऊर्जा उत्पादनको सम्भावनाको हिसाबले नेपालको भूगोल तथा हावापानी कस्तो छ ?
नेपालमा वर्गमिटरमा प्रतिदिन औसत ४ दशमलव ७ किलोवाट युनिट उत्पादन गर्ने क्षमता छ । तराईमा सोलार प्यानलबाट बिजुली उत्पादन गर्ने क्षमता कम छ । पहाडमा धेरै मात्रामा उत्पादन गर्न सकिन्छ । सौर्य ऊर्जा उत्पादनका लागि भौगोलिक अवस्था र हावापानीका हिसाबले नेपाल निकै अनुकूल मुलुक हो । त्यसकारण नेपाल सौर्य ऊर्जा उत्पादनको ‘हब’ बन्न सक्छ ।
सौर्य ऊर्जाका आयोजनाबाट बिजुली उत्पादन गर्न कति समय लाग्छ ?
जलविद्युत् आयोजनाबाट १०० मेगावाट बिजुली निकाल्न सामान्यतया ४–५ वर्ष लाग्छ । तर त्यति नै परिमाणमा सौर्य ऊर्जा उत्पादन गर्न २ वर्ष मात्र लाग्छ । त्यसकारण जलविद्युत्को तुलनामा सौर्य ऊर्जा परियोजना निर्माण निकै छिटो हुन्छ ।
उर्जामा रूपान्तरण अहिलेको विश्वव्यापी साझा एजेन्डा बनेको छ । यसको अभिप्राय स्वच्छ ऊर्जाको प्रवद्र्धन गरी खनिजमा आधारित इन्धनप्रतिको निर्भरता कम गर्दै जानु हो । वातावारण संरक्षण, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, मानवीय स्वास्थ्य...
अहिले नेपाली अर्थतन्त्रमा आशाको किरण जगाएको प्रमुख क्षेत्रका रूपमा जलविद्युत् क्षेत्र देखिएको छ । केही समयअघिसम्म देशव्यापी लोडसेडिङको मारमा रहेको मुलुक अहिले लोडसेडिङमुक्त मात्र भएको छैन, देशमा उत्पादित विद्युत् छिमिकी मुलुकमा निर्यात गरेर आय आर्जन गर्नसमेत सुरुवात गरेको छ । यसरी छोटो समयमा नै देशले ऊर्जा क्षेत्रमा मारेको फड्कोले मुलुकका अन्य क्षेत्रहरूमा समेत सकारात्मक प्रभाव […]
कर्णाली सरकारले फोहोरबाट ऊर्जा उत्पादन गर्न प्रविधि जडान गर्ने भएको छ । फोहोरलाई ऊर्जामा रूपान्तरण गर्न चालु आवको पहिलो चरणमा २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले बताए ।
फोहोरलाई ऊर्जामा रुपान्तरण गर्न कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले प्राविधि जडान गर्न लागेको छ। यसका लागि मन्त्रालयले चालु आव २०७९/०८० बजेट विनियोजन गरेको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद...
नेपालको ऊर्जा खपतको रूपान्तरण सरकारी नीति योजना तथा कार्यक्रमले लक्षित गरेभन्दा प्रतिकूल अवस्थामा गइरहेको एक अध्ययनले देखाएको छ । दाउरा, गुइँठाजस्ता परम्परागत ऊर्जाका स्रोत खपत घटाएर स्वदेशी र स्वच्छ ऊर्जा खपत बढाउने नीति राज्यले लिइरहेको छ तर खपत भने आयातित ग्यास, पेट्रोल, कोइलाजस्ता आधुनिक तर आर्थिक तथा वातावरणीय हिसाबले नोक्सानी पुग्ने वस्तुको खपत बढेको देखिएको छ ।
समयक्रममा त्यो जोश, जाँगर र ऊर्जा भएको व्यक्ति किन एउटा जुम्सो प्रशासकमा रूपान्तरण हुन्छ ? गम्भीर प्रश्नचिन्ह खडा हुन्छ। र, त्यसको गहन खोज नगरी प्रशासनमा रूपान्तरण सम्भव छैन।
काठमाडौँ। नवीकरणीय ऊर्जा प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने ध्येयले सरकारले नयाँ कानुनी प्रस्ताव गरेको छ । सरकारले हालसम्म वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत अनुदान तथा प्राविधिक सहायता उपलब्ध गराई कार्यक्रम कार्यान्वयन गराउँदै आएकोमा अब त्यसलाई रूपान्तरण गरेर नवीकरणीय ऊर्जा प्रवर्द्धन केन्द्र बनाउन प्रस्ताव गरेको छ । यसका लागि तालुकदार निकाय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विधेयकको मस्यौदा […]
मानव शरीरमा काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य ६ वटा गुण हुन्छन् । भागवतमा व्यासजीले यसलाई षड् रिपु वा शत्रु भनेका छन् ।
भागवत पञ्चमस्कन्धको जडभरत तथा रहुगण राजाबीचको संवादमा यसको सुन्दर विवेचन भएको छ । अनावश्यक कुरामा लागेर दुःख दिने अर्थमा शत्रु भनिएको हो तर यिनले प्रयोग गर्न नजान्दा मात्र दुःख दिने हुन् ।
प्रयोग गर्न जानेको खण्डमा जीवन ऊर्जा बनेर उन्नति र प्रगतिमा सघाउने गर्छन् । त्यसैले यसलाई शत्रु भन्नुभन्दा गुण भन्नु उपयोगी देखिएको छ । यस आलेखमा यिनै ६ वटा गुणमध्ये मात्सर्यबारे केही प्रकाश पार्ने प्रयास गरिएको छ ।
म...