रूपान्तरण कक्षाले फेरिँदै बालविवाहसम्बन्धी धारणा

बैतडी : रूपान्तरण कक्षाले बालविवाहसम्बन्धी धारणा परिवर्तन भइरहेको पाइएको छ। बुधबार दोगडाकेदार गाउँपालिका कार्यालयमा स्थानीय तह र किशोरकिशोरी अन्तरक्रिया कार्यक्रमका सहभागीले रूपान्तरण कक्षाले बालविवाहसम्बन्धी धारणा परिवर्तन हुँदै गएको बताएका हुन्।उमेर नपुग्दै छोराछोरीको विवाह गर्ने चलन रहेको भए पनि रूपान्तरण कक्षाले २० वर्ष पुगेपछि मात्रै विवाह गर्नुपर्ने कुरा चित्तबुझ्दो भएको दोगडाकेदार गाउँपालिका-७ का वीरभान कार्कीले बताए। रूपान्तरण कक्षामा बालविवाहका साथै क्षमता अभिवृद्धि, छुवाछुत, कानुन