शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल)ले आइतबार बिदा नदिने भएको छ । सरुवा रोग अस्पतालको बहिरंग सेवा ओपीडी लगायत सम्पूर्ण सेवाहरु अर्को सूचना नभएसम्म पूर्ववत् रुपमा नियमित सञ्चालन हुने अस्पतालले जनाएको छ ।सरुवा रोग अस्पतालका निर्देशक डा.मनिषा रावलद्वारा जारी विज्ञप्तिमा ‘हप्तामा शनिवार र आइतबार दुई दिन बिदा दिने निर्णय कार्यान्वयन सम्बन्धमा छलफल हुँदा हाललाई अन्य सार्वजनिक बिदा परेको बाहेक आइतबारका दिन पनि सेवा नियमित हुने उल्लेख गरिएको छ । वीर अस्पताल, परोपक