भरतपुर अस्पतालमा ओपीडी सेवा निःशुल्क

चितवन - चितवनमा रहेको भरतपुर अस्पतालले ओपीडी सेवा निःशुल्क गरेको छ । अस्पताल विकास समितिको बैठकले निर्णयगरी टिकट बापतको शुल्क नलिने भएको हो । भरतपुर अस्पतालमा दैनिक १ हजार ५ सयकाे हाराहारीमा बिरामीले ओपीडी सेवा लिने गरेका छन् । भरतपुर अस्पतालले लिँदै आएको टिकटबापतको ३० रुपैयाँ शुल्क नलिने निर्णय गरिएको अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले बताउनुभयो  । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले महिला र बीमा मार्फत् आउनेहरुले यसअघि नै शुल्क नलिने गरेको बताउँद...

सम्बन्धित सामग्री

नर्भिकमा प्रत्येक शनिबार युरोलोजी टिमबाट निःशुल्क ओपीडी सेवा

काठमाडौं । नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तरगत आउने शनिबार निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ । नर्भिकले शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म दुई विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको हो । शनिबारको निःशुल्क ओपीडी सेवालाई नर्भिकले पछिल्लो समय पनि निरन्तरता दिएको छ । नर्भिकले विगत लामो समयदेखि युरोलोजी टिमकै विशेष निःशुल्क […]

मृगौला रोगीको लागि नर्भिकमा शनिबार निःशुल्क ओपीडी सेवा

काठमाडौँ – नर्भिक अस्पतालको युरोलोजी टिमले शनिबार निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ। शनिबार प्रा डा रविन जोशी, डा इशान मल्ल नेतृत्वको युरोसर्जरी तथा युरोलोजी टिमले निःशुल्क जाँच, परामर्श तथा उपचार सेवा दिने भएको हो। केही साता रोकिएर पुनः सुचारु भएको निःशुल्क ओपीडी सेवा बिहान ९ः३० देखि ११ः३० बजेसम्म सञ्चालन हुने अस्पतालले जनाएको छ। […]

नर्भिकमा युरोलोजीको विशेष टिम र बालरोग विशेषज्ञले निःशुल्क ओपीडी सेवा दिने

काठमाडौँ – काठमाडौँको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिवार दुई विशेषज्ञ चिकित्सकहरुले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएका छन्। नर्भिक अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. यादव ढकाल र वरिष्ठ युरोलोजिष्ट डा. सुनिल श्रेष्ठ नेतृत्वको टिमले निःशुल्क ओपीडी सेवा दिने भएका हुन्। विभिन्न स्वास्थ्य समस्याबाट पीडित बालबालिकाले डा. ढकालको ओपीडीबाट लाभ लिन सक्नेछन्। त्यस्तै प्रोस्टेट ग्रन्थी, […]

ग्याष्ट्रिकका समस्या भएकालाई नर्भिकमा निःशुल्क ओपीडी सेवा

काठमाडौं । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा शनिवार ग्याष्ट्रिक तथा पेटसँग सम्बन्धित समस्या भएकाहरुलाई लक्षित गरी निःशुल्क सेवा संचालन हुने भएको छ । आउने शनिवार (असोज ९ गते) नर्भिक अस्पतालका ग्यास्ट्रोइन्टेरोलोजिष्ट डा. वरुणकुमार साहले निःशुल्क ओपीडी सेवा दिने भएका हुन् । डा. साहका अनुसार ग्याष्ट्रिक तथा पेटसँग सम्बन्धित विभिन्न समस्या भएकाहरुले निःशुल्क ओपीडी सेवामा सहभागी भएर लाभ लिन सक्नेछन् । निःशुल्क ओपीडी सेवा शनिवार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म संचालन हुनेछ । नर

नर्भिकले पाठेघर सम्बन्धी समस्या भएका महिलाहरुका लागि निःशुल्क ओपीडी सेवा दिँदै

काठमाडौं । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले पाठेघर सम्बन्धी समस्या भएका महिलाहरुका लागि निःशुल्क ओपीडी सेवा दिने भएको छ । अस्पतालले निःशुल्क ओपीडी अभियान अन्तर्गत आउने शनिवार प्रजनन क्यान्सरको विषयमा निःशुल्क सेवा संचालन गर्ने जनाएको छ । आउने शनिवार नर्भिक अस्पतालका प्रजनन क्यान्सर रोग विशेषज्ञ डा. एलिजा श्रेष्ठले निःशुल्क ओपीडी सेवा दिने अस्पतालले जनाएको हो । डा. श्रेष्ठका अनुसार महिनावारीमा गडबडी भएका, औषधि खाएर समेत पाठेघरसँग सम्बन्धित समस्या समाधान नभएका, पाठेघर तथा पाठेघरको मुखको

नर्भिकले हरेक शनिबार निःशुल्क ओपीडी सेवा दिने

नर्भिक इन्टरनेसनल हस्पिटलले अब प्रत्येक शनिबार निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ ।नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रकाअनुसार आउने शनिबारदेखि नै यो अभियानको थालनी हुनेछ ।प्रत्येक साताको शनिवार कुनै विशेषज्ञ डाक्टरले २ घण्टा निःशुल्क ओपीडी सेवा दिनेछन् । निःशुल्क ओपिडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा फोन गरेर […]

हरेक शनिबार नर्भिकमा निःशुल्क ओपीडी सेवा

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले अब प्रत्येक शनिबार निःशुल्क ओपीडी सेवा संचालन गर्ने भएको छ । नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार आउने शनिबारदेखि नै यो अभियानको थालनी हुनेछ ।प्रत्येक साताको शनिवार कुनै विशेषज्ञ डाक्टरले २ घण्टा निःशुल्क ओपीडी सेवा दिनेछन् । निःशुल्क ओपीडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ । प्रत्येक साताको शनिबारका लागि तोकिएको विशेषज्ञ डाक्टरले बिहान १

किष्ट मेडिकल कलेजमा निःशुल्क कोभिड ओपीडी सेवा

ललितपुरको किष्ट मेडिकल कलेजको शिक्षण अस्पतालले कोरोना संक्रमित बिरामीका लागि निःशुल्क कोभिड ओपीडी सेवा सुरू गरेको छ।

नोबेल अस्पतालमा निःशुल्क कोरोना ओपीडी सेवा सञ्चालन

विराटनगर । नोबेल शिक्षण अस्पतालले निःशुल्क कोरोना ओपीडी सेवा सञ्चालन गरेको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्ति र होम आइसोलेशनमा बसेका संक्रमितको परीक्षणका लागि नोबेलले कोरोना ओपीडी सेवा सञ्चालन गरेको हो ।पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएमा संक्रमित व्यक्ति होम आइसोलेशनमा बस्ने गर्छन् । स्वास्थ्यमा समस्या बढेमा कोभिड अस्पतालमा भर्ना गरेर उपचार गर्ने गरिन्छ । तर, कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका तर, पीसीआर परीक्षण नगराएका विरामीहरु उपचार पाउनबाट बन्चित बन्दै आएका थिए । यत

निःशुल्क कोरोना ओपीडी सेवा सञ्चालन

विराटनगरसिथत नोबेल शिक्षण अस्पतालले निःशुल्क कोरोना ओपीडी सेवा सञ्चालन गरेको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्ति र होम आइसोलेशनमा बसेका संक्रमितको परीक्षणका लागि नोबेलले कोरोना ओपीडी सेवा सञ्चालन गरेको हो ।  पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएमा संक्रमित व्यक्ति होम आइसोलेशनमा बस्ने गर्छन् । स्वास्थ्यमा समस्या बढेमा कोभिड अस्पतालमा भर्ना गरेर उपचार गर्ने गरिन्छ । तर, कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका तर, पीसीआर परीक्षण नगराएका विरामीहरु उपचार पाउँनबाट बन्चित बन्दै आएका थिए । यता, होम आइसोलेशनमा ब...