वेटर : छोटो अवधिको तालिमपछि सोझै रोजगारी

अतिथि सत्कारसँग जोडिएको एक महत्वपूर्ण पेशा हो वेटर । वेटरको बानी–व्यवहार र प्रस्तुतिले समग्र होटल-रेस्टुरेन्टकै साख जोगाउँछ ।

सम्बन्धित सामग्री

टेक्निकल स्कूल चलाउँदै आइएमई समूह

काठमाडौं । बैंक, वित्त, बीमा, जलविद्युत्, अटोमोबाइल, पर्यटनलगायत विभिन्न क्षेत्रमा लगानी गरेको देशका ठूलामध्येको एक व्यापारिक घराना आइएमई समूहले एकै छानामुनि सबै किसिमका शीपमूलक तालीम दिने टेक्निकल स्कूल सञ्चालन शुरू गरेको छ । आइएमई समूहले प्रवर्द्धन गरेको काठमाडौं टेक्निकल स्कूलले अतिथि सत्कार तथा पर्यटन, वाणिज्य व्यवस्थापन तथा उद्यमशीलता, प्रोफेशनल डेभलपमेन्ट, इन्जिनीयरिङ र स्वास्थ्य विधाका तालीम दिने स्कूलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपेन्द्र शर्मा घिमिरेले जानकारी दिए । अतिथि सत्कार र पर्यटनअन्तर्गत अतिथि सत्कार व्यवस्थापन, साना होटेल तथा लज सहायक, बारटेन्डर, वेटर, कमर्सियल कुक/बेकर, बरिस्ताको तालीम उपलब्ध छ । बिजनेश म्यानेजमेन्टअन्तर्गत सहकारी म्यानेजर, इन्टरप्राइजेज डेभलपमेन्ट फ्यासिलिटेटर, लाइब्रेरी सहायक, सेल्स पर्सन र बचत तथा ऋण परिचालनसम्बन्धी तालीम दिइने घिमिरेले बताए । प्रोफेशनल डेभलपमेन्टअन्तर्गत कम्प्युटर हार्डवेयर तथा नेटवर्क टेक्निसियन, इलेक्ट्रिसियन, एलसीडी, एलईडी टेलिभिजन मर्मत, प्लम्बर र टेलिकम टेक्निसियनको तालीम दिइनेछ । त्यसैगरी इन्जिनियरिङअन्तर्गत ब्याकहो लोडर अपरेटर, एस्काभेटर अपरेटर र मोबाइल क्रेन अपरेटरको र स्वास्थ्य विधामा केयरगिभरको तालीम उपलब्ध रहेको घिमिरेले जानकारी दिए । काठमाडौंको सुकेधारास्थित उक्त स्कूलमा स्किल ल्याबसहितको पूर्वाधार छ । उक्त स्कूलले अतिथि सत्कार र केयर गिभिङसम्बन्धी तालिम शुरू गरिसकेको छ । अन्य तालिम पनि छिट्टै शुरू गर्ने घिमिरेले जानकारी दिए । स्कूलमा प्रशिक्षण लिएका प्रशिक्षार्थीले सीटीईभीटीको प्रमाणपत्र पाउनेछन् । प्रमाणपत्रका लागि प्रशिक्षार्थीले सीटीईभीटीमा शीप परीक्षण गराउनु पर्नेछ । सीईओ घिमिरेका अनुसार स्कूलले उद्योगको आवश्यकताअनुसारको तालीम पनि दिनेछ । ‘उहाँ (उद्योग) हरू हाम्रा कामदार/कर्मचारीलाई यस्तो किसिमको तालीम चाहियो भनेर आउनुभयो भने हामी तयार छौं,’ उनले आर्थिक अभियानसँग भने, ‘हामीसँग सोहीअनुसारका प्रशिक्षक र पूवार्धार छ ।’ उक्त स्कूलका प्रशिक्षार्थीले आइएमई समूहअन्तर्गतका बैंक वित्तीय संस्था, होटेल, व्यापारिक प्रतिष्ठानमा इन्टर्नशिप गर्न पाउने हुँदा प्रशिक्षण सकेपछि सम्बद्ध क्षेत्रमा फिट हुने घिमिरेको दाबी छ । शुरुआती चरणमा प्रशिक्षार्थीलाई आइएमई समूहअन्तर्गतका उद्योग, प्रतिष्ठान र स्कूलसँग सहकार्य गरिरहेका विभिन्न संघसंस्था र निकायमा रोजगारी दिलाउन पहल गरिने पनि घिमिरेले बताए । त्यसका लागि स्कूलले समन्वय गरिरहेको उनको भनाइ छ । व्यक्तिको चाहनाअनुसार ‘कस्टमाइज्ड ट्रेनिङ’ पनि दिन सकिने स्कूलका कार्यक्रम संयोजक शिवबालक चौधरी बताउँछन् । ‘तोकिएको शुल्क तिरेर आफूले चाहेको विषयमा १ दिनमात्र तालीम लिन्छु भन्नेलाई पनि हामी सेवा दिन्छौं,’ चौधरीले भने । यसका लागि २५ सय रुपैयाँ शुल्क तिर्नुपर्ने उनले जानकारी दिए । उक्त स्कूलको प्रशिक्षण स्वदेशमा मात्र नभएर विदेश जानेका लागि पनि निकै फलदायी हुने उनको भनाइ छ । नेपालमा एउटै छानामुनि सबै क्षेत्रको तालिम लिन पाइने तथा सम्पूर्ण पूर्वाधारले सुसज्जित टेक्निकल स्कूल सम्भवतः यो नै पहिलो हुन सक्ने सीईओ घिमिरेको भनाइ छ । उक्त स्कूलमा सञ्चालित तालीमको शुल्क प्रतिव्यक्ति ६० हजार रुपैयाँ तोकिएको छ । छोटो अवधिको वित्तीय क्षेत्र व्यवस्थापन र कुशल नेतृत्व विकास कक्षामा दैनिक २५ सय रुपैयाँ तिरेर सहभागी हुन पाइने कार्यक्रम संयोजक चौधरीले जानकारी दिए ।

धैर्य र प्रेमले बनाएको 'वेटर', डाउन सिन्ड्रोमसहित माथि उक्लदै छन् प्रितम

त्यस बिहान प्रितम धेरैबेर कोठाभित्रै सामसुम गरिरहे। बाहिरबाट आमा, बाबा र बहिनीले पटकपटक बोलाउँदा पनि अस्पष्ट आवाजमा भन्दै थिए, 'एकछिन।' उनी कोठामा के गर्दैछन्? कसैलाई पत्तो थिएन। जिज्ञासु बनेर पर्खिरहेका थिए सबै। जब ढोका खुलेको आवाज आयो, सबैको ध्यान त्यतै मोडियो। अनि छायो स्तब्धता। चिटिक्क मिलाएर लगाएको लुगा। छोटो कपाललाई…