त्यस बिहान प्रितम धेरैबेर कोठाभित्रै सामसुम गरिरहे। बाहिरबाट आमा, बाबा र बहिनीले पटकपटक बोलाउँदा पनि अस्पष्ट आवाजमा भन्दै थिए, 'एकछिन।'
उनी कोठामा के गर्दैछन्? कसैलाई पत्तो थिएन। जिज्ञासु बनेर पर्खिरहेका थिए सबै। जब ढोका खुलेको आवाज आयो, सबैको ध्यान त्यतै मोडियो। अनि छायो स्तब्धता।
चिटिक्क मिलाएर लगाएको लुगा। छोटो कपाललाई…