बझाङ । कारोना महामारीसँगै तिब्बतको ताक्लाकोटमा व्यापार तथा मजदुरी गर्नेे सुदूरपश्चिम प्रदेशका दुई सय बढीको रोजगारी खोसिएको छ। बर्षौंदेखि हाते होजियारीका सामान, नेपाली गलैँचा, बाँसका सामग्री, घ्यू ,छुर्पी लगायतको ब्यापार गर्दै आएका उनीहरु कोरोनापछि कामविहिन बनेका छन् । खच्चड, भेंडा तथा चौँरी मार्फत ढुवानी गरेर व्यापार गरिरहेका उनीहरु कोरोना उत्पत्तिपछि तिब्बत जान पाएका छैनन् । […]