बुटवल। लुम्बिनी प्रदेश सरकारले लुम्बिनी र राप्ती प्रादेशिक अस्पताललाई प्रदेशको गौरवको आयोजनामा समावेश गरेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यी अस्पताललाई आधुनिक सेवासहित विशिष्टिकृत गरिने उल्लेख छ। त्यस्तै प्रदेशका सबै जिल्ला अस्पताललाई ५० शय्याको अस्पताल बनाइने भएको छ। बर्दिया,अर्घाखाँची, नवलपरासी र भीम अस्पतालका नयाँ भवन निर्माण गर्ने र भालुवाङ र लमहीमा नयाँ आस्पताल निर्माण गरिने कार्यक्रममा उल्लेख छ।