प्रदेशमा आन्तरिक मामिला मन्त्रालयको नाम फेरेर गृह राखौं : मुख्यमन्त्री राउत

२३ असार, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आन्तरिक मामिला तथा कानून मन्त्रालयको नाम परिवर्तन गरी गृह मन्त्रालय राख्न सातै प्रदेशका मन्त्रीसँग आग्रह गरेका छन् । शान्ति सुरक्षा तथा विपद व्यवस्थापनसम्बन्धी सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरुको जनकपुरधाममा आयोजित भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले उक्त आग्रह गरेका हुन् । उनले संघमा गृह मन्त्रालय […]

सम्बन्धित सामग्री

प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, एकीकृत समाजवादीबाट महतो र यादव बने मन्त्री

दुई मन्त्रीसहित नेकपा (एकीकृत समाजवादी) प्रदेश २ सरकारमा सहभागि भएको छ ।  आइतबार बिहान प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा नेकपा (एस)का संसदीय दलका नेता शत्रुधन महतो र सांसद प्रमोद यादवलाई मन्त्रीको रूपमा पद तथा  गोपनीयताको शपथ गराएका हुन् ।महतोलाई उद्योग पर्यटन वन र यादवलाई कानुन न्याय तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । शपथ ग्रहण समारोहमा मुख्यमन्त्री राउत, प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, आन्तरिक मामिला तथा सञ

प्रदेश २ का दुई नयाँ मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

जनकपुरधाम :  प्रदेश २ सरकारको मन्त्रीमण्डलमा नेकपा माओवादी केन्द्र सहभागी भएकाे छ। मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको प्रदेश २ सरकारमा आजदेखि नेकपा माओवादी केन्द्र पनि सहभागी भएको हो।मुख्यमन्त्री राउतले माओवादी केन्द्रका भरतप्रसाद साहलाई आन्तरिक मामिला तथा सञ्चार मन्त्री र रुबि कर्णलाई राज्यमन्त्री नियुक्त गरेका हुन्। आज शनिबार मधेस भवनमा आयोजित कार्यक्रममा मन्त्री साहले प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ र राज्यमन्त्री कर्णले मुख्यमन्त्री राउत समक्ष पद त

प्रदेश २ : दुई मन्त्रीले दिए राजीनामा, माओवादी केन्द्र सरकारमा सहभागी हुँदै

जनकपुरधाम । प्रदेश २ को सरकारमा रहेका सत्ता पक्षका दुई मन्त्रीले राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्र यादव र राज्यमन्त्री सरोज सिंहले राजीनामा दिएका हुन् । आज मुख्यमन्त्री राउत समक्ष उनीहरूले राजीनामा बुझाएको र नयाँ मन्त्रीहरूको आजै शपथ हुने भएको छ । उनीहरूको ठाउँमा माओवादी केन्द्रका भरत साह र रुबी कर्णको […]

प्रदेश - २ मा तीन मन्त्रालय लिएर नेपाली काँग्रेस सरकारमा जाँदै

प्रदेश - २ सरकारमा नेपाली काँग्रेस सहभागी हुने भएको छ । प्रदेश २ का मुख्यमन्त्री एवम् जनता समाजवादी पार्टीका प्रदेश संसदीय दलका नेता लालबाबु राउतसँग दुई बुँदे सहमति गर्दै काँग्रेस सरकारमा जान लागेको हो । काँग्रेसका तीन जना प्रदेश सभा सदस्यले आजै साँझ मन्त्री पदको शपथ लिने तय भएको छ । प्रदेश सरकारका प्रवक्ता समेत रहनुभएका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानकुमार यादबले जनता समाजवादी पार्टीका दलका नेता समेत रहनुभएका मुख्यमन्त्री राउत र काँग्रेस प्रदेश संसदीय दलका नेता रामसरोज यादबबीच सरकारमा जाने सम्बन्धमा दुई बुँदे सहमति भएको जानकारी दिनुभयो । सहमतिको पहिलो बुँदामा प्रादेशिक अधिकार संरक्षण गर्न दुबै दल प्रतिबद्ध रहँदै सरकारमा सहभागी हुने उल्लेख छ । दोस्रो बुँदामा प्रादेशिक आवश्यकता र विज्ञको सुझाबमा मन्त्रालयको संख्या थपघट गर्न सकिने उल्लेख छ । प्रवक्ता यादबले आजै साँझ शपथका लागि समय निर्धारण गरिएको बताउनुभयो ।