प्रदेश - २ मा तीन मन्त्रालय लिएर नेपाली काँग्रेस सरकारमा जाँदै

प्रदेश - २ सरकारमा नेपाली काँग्रेस सहभागी हुने भएको छ । प्रदेश २ का मुख्यमन्त्री एवम् जनता समाजवादी पार्टीका प्रदेश संसदीय दलका नेता लालबाबु राउतसँग दुई बुँदे सहमति गर्दै काँग्रेस सरकारमा जान लागेको हो । काँग्रेसका तीन जना प्रदेश सभा सदस्यले आजै साँझ मन्त्री पदको शपथ लिने तय भएको छ । प्रदेश सरकारका प्रवक्ता समेत रहनुभएका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानकुमार यादबले जनता समाजवादी पार्टीका दलका नेता समेत रहनुभएका मुख्यमन्त्री राउत र काँग्रेस प्रदेश संसदीय दलका नेता रामसरोज यादबबीच सरकारमा जाने सम्बन्धमा दुई बुँदे सहमति भएको जानकारी दिनुभयो । सहमतिको पहिलो बुँदामा प्रादेशिक अधिकार संरक्षण गर्न दुबै दल प्रतिबद्ध रहँदै सरकारमा सहभागी हुने उल्लेख छ । दोस्रो बुँदामा प्रादेशिक आवश्यकता र विज्ञको सुझाबमा मन्त्रालयको संख्या थपघट गर्न सकिने उल्लेख छ । प्रवक्ता यादबले आजै साँझ शपथका लागि समय निर्धारण गरिएको बताउनुभयो ।

सम्बन्धित सामग्री

दुई मन्त्रालयसहित मधेस सरकारमा सहभागी हुँदै नेपाली काँग्रेस

जनता समाजवादी पार्टी जसपा नेतृत्वमा रहेको मधेस प्रदेश सरकारमा नेपाली काँग्रेस पनि सहभागी हुने भएको छ। दुई मन्त्रालय लिएर आजै प्रदेश सरकारमा सहभागी हुँदैछ।...

काँग्रेस लुम्बिनी प्रदेश संसदिय दलको नेतामा डिल्ली चौधरी

नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्ली चौधरी चयन भएका छन।

पार्टीको केन्द्रीय नेतृत्वप्रति नेपाली काँग्रेस लुम्बिनी असन्तुष्ट

बुटवल– पार्टीको केन्द्रीय नेतृत्वप्रति नेपाली काँग्रेस लुम्बिनीले गम्भीर असनतुष्टी प्रकट गरेको छ । सबैभन्दा ठूलो दल भएर पनि पार्टी अहिलेको अवस्थामा पुग्नुमा नेतृत्वको कमजोरी रहेको कांग्रेस लुम्बिनीको निष्कर्ष छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्य सम्पादन समितिको सोमबार बुटवलमा बसेको बैठकले नेतृत्वले कमजोरी स्वीकार्नुपर्ने निष्कर्ष समेत निकालेको छ । प्रदेश सभापति अमरसिंह पुनको अध्यक्षतामा बसेको […]

पूर्वाधार विनै तत्काल राजधानी नसार्न नेपाली काँग्रेस रुपन्देहीको माग

आवश्यक संरचना नबन्दै हतारमा बुटवलबाट प्रदेश राजधानी नसार्न नेपाली काँग्रेस रुपन्देहीले आग्रह गरेको छ।...

काँग्रेसका मधेश प्रदेश सह–महामन्त्री यादवद्वारा राजीनामा

नेपाली काँग्रेस मधेश प्रदेश कार्यसमितिका सह–महामन्त्री जयनारायण यादवले पदबाट राजीनामा दिएका छन्।...

लुम्बिनी प्रदेश : टिकट बाँडफाँडको लागि काँग्रेस बैठक जारी

नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय बोर्डको बैठक जारी रहेको छ । काँग्रेस प्रदेश कार्यालय बुटवलमा बसेको बैठकले लुम्बिनी प्रदेशमा गठबन्धन दलहरू भित्र वाट नेपाली काँग्रेसको भागमा परेका उपमहानगरपालिका र नगरपालिकाहरूको  टिकट टुङ्गाउने विषयमा छलफल चलिरहेको हो ।४ वटा उपमहानगर पालिका र ३२ वटा नगरपालिका मध्ये नेपाली काँग्रेस आफ्नो भागमा परेका ठाउँमा टुङ्ग्याउनको लागि  छलफल  गरिरहेको छ । ।नेपाली काँग्रेस प्रदेश कोषाध्यक्ष प्रकाश रानाले बैठकमा नामहरू विषयमा छलफल चलिरहेको बताए ।य

नेपाली काँग्रेस लुम्बिनीको पहिलो बैठक : पर्यटनमार्फत प्रदेशको विकासमा जोड

नेपाली काँग्रेस, लुम्बिनी प्रदेश समितिको पहिलो बैठकले प्रदेशको विकासका लागि पर्यटन प्रवर्द्धनमा जोड दिने र यसका लागि आवश्यक भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।बिहीबार साँझ बसेको बैठकले गरेको निर्णयबारे शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा काँग्रेस लुम्बिनी प्रदेश समितिका सभापति अमर पुनले धार्मिक एवं पर्यटकीय स्थल लुम्बिनीको विकासका लागि सरकारले अगाडि बढाएका रणनीति, कामकारबाही र प्रगतिको अनुगमन गरी थप विकासका लागि आगामी योजना बनाएर पार्टीले मार्ग तय गर्ने निर्णय

काँग्रेस प्रदेश अधिवेशनः यादवद्वारा सभापतिको उम्मेदवार घोषणा

नेपाली काँग्रेस रौतहटका सभापति कृष्णप्रसाद यादवले आफूलाई प्रदेश सभापतिको उम्मेदवारको रुपमा घोषणा गरेका छन्।...

प्रदेश २ मा काँग्रेस अधिवेशन उद्घाटनमात्र, निर्वाचन कार्यक्रम स्थगित

नेपाली काँग्रेस प्रदेश २ को प्रथम प्रदेश अधिवेशन उद्घाटन सत्र समापनसँगै निर्वाचन प्रक्रिया स्थगित गरिएको छ । नेपाली काँग्रेस धनुषाको लेटरप्याड प्रयोग गर्दै निर्वाचन समितिका रजिष्ट्रेशन संयोजक विश्वेश्वर यादवले प्राविधिक कारण देखाउँदै निर्वाचन प्रक्रिया स्थगित गरिएको जनाएका हुन् । उनी काँग्रेस धनुषाका सचिवसमेत हुन् ।विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश अधिवेशनमा प्रतिनिधिहरुको नाम दर्ता कार्य प्राविधिक कारणले मंसिर १७ शुक्रबारका दिन स्थगित गरिएको छ ।’ प्रदेश २ को महोत्तरी र सर्लाहीमा काँग्रे