पूर्वी चितवन १३२ केभी सवस्टेशन प्रचण्डले गरे उद्घाटन, उपभोक्ताले गुणस्तरीय बिजुली पाउने

काठमाडौं। सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा चितवनको राप्ती नगरपालिका–६ स्थित हर्दीमा निर्माण भएको पूर्वी चितवन १३२/३३/११ केभी सवस्टेशन

सम्बन्धित सामग्री

पूर्वी चितवन १३२ केभी सबस्टेसनको उद्घाटन

चितवन– चितवनको राप्ती नगरपालिकाको हर्दीमा निर्माण भएको सबस्टेशनको उद्घाटन गरिएको छ । सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा राप्ती नगरपालिका–६ स्थित हर्दीमा निर्माण भएकोे पूर्वी चितवन १३२/३३/११ केभी सबस्टेसनको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार उद्घाटन गरेका हुन् । चितवनका राप्ती, खैरहनी र कालीका नगरपालिकाको विद्युत् आपूर्तिलाई गुणस्तरीय र विश्वसनीय बनाउन करिब ६३ करोड […]

सञ्चालनमा आयो पूर्वी चितवन सब- स्टेसन, ४० हजार ग्राहक लाभान्वित

चैत १६, काठमाडौं । चितवन जिल्लाको राप्ती नगरपालिका–६ मा निर्माण भएको पूर्वी चितवन १३२/ ३३/ ११ केभी सब- स्टेसन बुधवारदेखि सञ्चालनमा आएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधवार चितवनमा आयोजित एक कार्यक्रमका बीच सब- स्टेसनको उद्घाटन गरेका छन् । स्थानीय राप्ती, खैरहनी र कालिका नगरपालिकाको विद्युत् आपूर्तिलाई गुणस्तरीय र विश्वसनीय बनाउन करीब ६३ करोड ३० लाख रुपैयाँको लगानीमा पूर्वी चितवन सब- स्टेसन निर्माण गरिएको हो । सब- स्टेसन निर्माणको काम २०७५ जेठदेखि शुरु गरिएको थियो । मकवानपुरको हेटौंडाबाट चितवनको भरतपुरतर्फ गएको १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युतलाई पूर्वी चितवन सब- स्टेसन भित्र छिराएर बाहिर निकालिएको छ । हेटौंडा–भरतपुर प्रसारण लाइनबाट प्रवाह भएको विद्युतलाई पूर्वी चितवन सब- स्टेसनमार्फत त्यस क्षेत्रमा आपूर्ति गरिएको छ । कार्यक्रममा पूर्व प्रधानमन्त्री प्रचण्डले विगतमा आफू प्रधानमन्त्री हुँदा ऊर्जा क्षेत्रमा सशक्त टिम बनाएर मुलुकबाट लोडसेडिङ अन्त्य गरेको उल्लेख गर्दै अहिले विद्युत् निर्यात गर्ने अवस्थामा पुगेको बताए । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले खेतीयोग्य जमीनमा सिंचाइ सुविधा उपलब्ध गराउन विद्युतको महसुल सस्तो बनाइएको बताइन् । कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी कुलमान घिसिङले सब- स्टेसन सञ्चालनमा आएपछि यस क्षेत्रको प्राविधिक चुहावट घटेको, ग्राहकले गुणस्तरीय, भरपर्दो तथा पर्याप्त विद्युत् पाएको र प्रसारण क्षमताले नधानेर गर्मीमा बाध्यकारी लोडसेडिङ गर्नु पर्ने अवस्थाको पनि अन्त्य भएको बताए । सब- स्टेसनमा १३२/ ३३ केभी, ३० एमभीए क्षमता र ३३/ ११ केभी, १६/ ६ एमभिए क्षमताका एक/ एक ओटा पावर ट्रान्सफर्मर रहेका छन् । सब- स्टेसनबाट ११ केभी फिडरमार्फत राप्ती र खैरहनी नगरपालिकामा विद्युत आपूर्ति भइरहेको छ । यसबाट करीब ४० हजार ग्राहक लाभान्वित भएको विद्युत् प्राधिकरणले बताएको छ ।

१३२ केभी क्षमताको सवस्टेशन निर्माण

चितवनमा १३२/३३/११ केभी क्षमताको सवस्टेशन निर्माणको काम सम्पन्न भएको छ । नेपाल सरकारको लगानीमा पूर्वी चितवनको राप्ती नगरपालिका–६ हर्दीमा सवस्टेशन निर्माण गरिएको हो । सवस्टेशनमा राखिएका १३२/३३ केभी र ३० एमभीएका दुई पावर ट्रान्सफर्मरमध्ये एउटा नोलोडमा चार्ज गरिएको छ । हेटौँडाबाट भरतपुरतर्फ गएको १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई सवस्टेशनभित्र छिराएर बाहिर निकाली सफलतापूर्वक चार्ज गरिएको आयोजना प्रमुख रमनराज शर्माले जानकारी दिनुभयो । उहाँले अब लोड दिएर चार्ज गर्ने तयारी गरेको बताउनुभयो । हेटौँडा–भरतपुर प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई त्यस क्षेत्रमा आपूर्ति गर्न पूर्वी चितवन सवस्टेशन निर्माण गरिएको शर्माले जानकारी दिनुभयो ।

चितवनमा सबस्टेसन तयार

उच्च मागका समयमा भार थेग्न नसक्दा विद्युत् आपूर्ति नै अवरुद्ध हुने चितवनका रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिका क्षेत्रमा अब विद्युत् आपूर्तिमा सुधार हुने भएको छ । आपूर्तिलाई गुणस्तरीय बनाउने पूर्वी चितवन १३२÷३३÷११ केभी सबस्टेसन निर्माण भएकाले आपूर्ति पर्याप्त र सहज हुने भएको हो । मकवानपुरको हेटौँडाबाट चितवनको भरतपुरतर्फ गएको १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युत् सो सबस्टेसनमा ल्याई वितरण प्रणालीमा समेत प्रवाहको परीक्षण सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

न्यु बुटवल र पूर्वी चितवन सबस्टेसन चैतभित्रै सञ्चालन हुने

नवलपरासीको सुनवलमा २२०/१३२ केभी न्यु बुटवल र चितवनको भण्डारामा पूर्वी चितवन १३२/३३/११ केभी सबस्टेसनको निर्माण

न्यु बुटवल र पूर्वी चितवन सबस्टेसनको निर्माण चैतभित्रै

काठमाडौं । नवलपरासीको सुनवल २२०÷१३२ केभी न्यु बुटवल र चितवनको भण्डारामा पूर्वी चितवन १३२–३३–११ केभी