उच्च मागका समयमा भार थेग्न नसक्दा विद्युत् आपूर्ति नै अवरुद्ध हुने चितवनका रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिका क्षेत्रमा अब विद्युत् आपूर्तिमा सुधार हुने भएको छ ।
आपूर्तिलाई गुणस्तरीय बनाउने पूर्वी चितवन १३२÷३३÷११ केभी सबस्टेसन निर्माण भएकाले आपूर्ति पर्याप्त र सहज हुने भएको हो । मकवानपुरको हेटौँडाबाट चितवनको भरतपुरतर्फ गएको १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युत् सो सबस्टेसनमा ल्याई वितरण प्रणालीमा समेत प्रवाहको परीक्षण सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।