शैलुङबाट खोसिएको मुड्खु-तीनपिप्ले सडक फास्ट ट्रयाकबाट नयाँ ठेक्का लाग्ने

७ भदौ, काठमाडौं । सरकारले बालाजु (मुड्खु)-तीनपिप्ले सडक खण्ड फास्ट ट्रयाकमा ठेक्का लगाउने भएको छ । मन्त्रिपरिषद बैठकले उक्त करिब साढे ४ किलोमिटर सडक खण्ड विशेष परिस्थिति लागू गर्ने गरी ठेक्का लगाने निर्णय गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सो सडक खण्डको कारण फोहोर बिसर्जन गर्न जाने सवारीलाई सास्ती भएको भन्दै छिटो मर्मत […]

सम्बन्धित सामग्री

ठेक्का भयो, बजेट भएन

उपत्यकाको फोहोर विसर्जनमा अहिले कुनै बाधा प्रमुख छ भने त्यो बालाजु–रानीपौवा खण्डको मुड्खु–तीनपिप्ले सडक हो । हरेक वर्षामा स्थानीय बासिन्दा त सडक बनाइदेऊ भनेर आन्दोलित हुन्छन् नै, रोकछेक भएन भने पनि वर्षामा काठमाडौं महानगरपालिकाका फोहोर बोकेका गाडी उक्त खण्ड पुग्नै गाह्रो छ ।

मुड्खु–तीनपिप्ले सडकको ठेक्का कमलजीत-ड्रागन जेभीलाई दिइँदै

बालाजु–रानीपौवा सडकअन्तर्गत मुड्खु–तीनपिप्ले सडक खण्डको ठेक्का कमलजीत–ड्रागन जेभीलाई दिने तयारी भएको छ । सबैभन्दा कम आर्थिक प्रस्ताव पेश गरेको उक्त कम्पनीसँग ठेक्का सम्झौता गर्ने अन्तिम तयारी रहेको सडक विभागले जनाएको छ ।

मुड्खु–तीनपिप्ले सडक : ‘मन्त्रीज्यू, आशा देखाएर निराश नबनाउनुस्’

काठमाण्डाै – भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मुड्खु–तीनपिप्ले क्षेत्रको सडक निरीक्षण गर्नुभएको छ ।  आज आइतवार मन्त्रीद्वय राई र श्रेष्ठले पासाङ ल्हामु सडक खण्डअन्तर्गतको मुड्खु–तीनपिप्ले क्षेत्र निरीक्षण गर्नुभएको हो । शैलुङ कन्स्ट्रक्शनले ठेक्का पाएको यस सडक निर्माण नहुँदा आठ वर्षदेखि अलपत्र बनेको थियो । सरकारले याे सडकको पुरानो ठेक्का तोडेको छ भने नयाँ ठेक्काका लागि केही दिनअघि मात्रै सूचना प्रकाशित गरेको छ । अब ठेक्का पाउ...