नेपाल एनसीडी एलायन्सले नसर्ने रोगविरुद्धको आफ्नो अभियानलाई थप गतिशील बनाउने भएको छ। सोमबार राजधानीमा भएको एलायन्सको दोस्रो बार्षिक साधारणसभालाई सम्वोधन गर्ने क्रममा अध्यक्ष डा प्रकाशराज रेग्मीले नसर्ने रोग विरुद्धको अभियानलाई थप गति दिने बताएका हुन्।