दिनेशका बुवा दीपक भट्ट भन्छन् : छोराले अपराध स्वीकार गर्‍यो

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेका भनिएका अभियुक्त दिनेश भट्टले बयान फेरेका छन् । आज सरकारी वकिल कार्यालयमा लिइएको बयानमा दिनेशले बलात्कारपछि हत्या गरेको स्वीकारेका दिनेशका बुुवा दीपकराज भट्टले जानकारी दिनुभयो । बुधबार सार्वजनिक गरिएका दिनेशले यसअघि आफूले हत्या मात्रै गरेको बताउँदै आएका थिए । तर आज दिनेशका बुबा, प्रहरी अनुसन्धान अधिकृत, सरकारी वकिलसहित रहेको टोलीले संयुक्तरुपमा लिएको बयानमा बलात्कारपछि हत्या गरेको स्वीकारेका हुन् । यस्तै आजै बयानका क्रममा दिनेशले घटनास्थलमै भागरथीको घडी पनि रहेका बताएका थिए । दिनेशले भनेकै आधारमा प्रहरीले घटनास्थलमा खोज्दै जाँदा घडी पनि फेला पारेको थियो । दीपकराजले भन्नुभयो, ‘पुरानो घरायसी रिसिइबी र विद्यालयको हाफ टाइममा जिस्क्याएको भनेर भनेको छ ।’ लवलेक जङ्गलमा पुगेपछि पहिला सडकबाट धकेलेर भिरमा लडाएको त्यसपछि बेहोस अवस्थामा बलात्कार गरेको र पछि घाँटी निमोठेर हत्या गरेकोसमेत दिनेशले बयान दिएका छन् । गत माघ २१ गते विद्यालयबाट घर फर्किएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लबलेक जंगलमा विभत्स र निर्वस्त्र अवस्थामा फेला परेकी थिइन् । त्यसपछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान सुरु गरेको थियो । भागरथीको शव परीक्षण रिपोर्टमा भने बलात्कारपछि हत्या गरिएको भन्ने उल्लेख गरिएको छ । बुधबार नै मृतक भागरथीका दाजु शङ्कर भट्टले दिनेशविरुद्ध कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसुरमा कारवाहीका लागि जाहेरी दर्ता गरेकाले जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान गर्न बैतडी प्रहरीलाई अनुमति दिइएको छ । (रासस)

सम्बन्धित सामग्री

रोकथामको पाटोमा बजेट बढाउनुपर्छ: दीपक भट्ट

अहिलेको अवस्थामा बढी भन्दा बढी रोकथामको पाटोमा लगानी गर्नुपर्छ। हाम्रो जनशक्ति पनि त्यही अनुसारको छ। गाउँमा पनि जनचेतनाको कमी छ। जसले गर्दा स्वास्थ्यमा पहुँच नपुगेको अवस्था छ। पहुँच पुगेकाहरूमा पनि रोकथामको पाटोमा काम हुन सकेको छैन।

रोकथामको पाटोमा बजेट बढाउनुपर्छ: दीपक भट्ट

अहिलेको अवस्थामा बढी भन्दा बढी रोकथामको पाटोमा लगानी गर्नुपर्छ। हाम्रो जनशक्ति पनि त्यही अनुसारको छ। गाउँमा पनि जनचेतनाको कमी छ। जसले गर्दा स्वास्थ्यमा पहुँच नपुगेको अवस्था छ। पहुँच पुगेकाहरूमा पनि रोकथामको पाटोमा काम हुन सकेको छैन।

राप्रपाका प्रवक्ता शाहीले दिए जनार्दन शर्मासहित आठ जनाविरुद्ध जाहेरी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले आजै पदबाट राजीनामा दिएका अर्थमन्त्री जनार्दन शर्मासहित ८ जनाविरुद्ध प्रहरीमा जाहेरी दिएका छन्। अर्थमन्त्री शर्मासहित बजेटमा करका दर हेरफेर गर्न अनधिकृत रूपमा संलग्न गराइएका भनिएका अवकाशप्राप्त नायब सुब्बा रघुनाथ घिमिरे र इन्फिनिटी होल्डिङ कम्पनीका फाइनान्स डाइरेक्टर उपेन्द्र हिरावत, इन्फिनिटी होल्डिङ कम्पनीका दीपक भट्ट, अर्थ सचिव मधु […]

अर्थमन्त्रीलाई बद्नाम बनाउने दीपक भट्ट कता गायब

काठमाडौं, २२ असार । अर्थमन्त्री जनार्दन शर्मा यतिवेला विवादमा तानिएका छन् । आर्थिक वर्ष २०७९÷०८० को बजेट निर्माणको क्रममा मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएको विषयमा यतिवेला प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अर्थमन्त्री शर्माको राजीनामा मागेको छ । सभामुखले ६ सदस्यीय छानबिन समिति पनि गठन गर्दैछन् । तर, अर्थमन्त्री शर्माले भने आफूले कुनै गल्ती नगरेको […]

मत नदिई बाहिरिए एमालेका १० सांसद

काठमाडौं । विश्वासको मत माग्ने प्रस्तावको पक्ष र विपक्ष कतै पनि मत नदिने निर्णय गर्दै माधव नेपाल पक्षका १० एमाले सांसद संसद् भवनबाट बाहिरिएका छन्। बाहिरिँदै गर्दा नेता गोकर्ण विष्टले पार्टी एकता जोगाउन सुझबुझपूर्ण निर्णय लिएको बताए। बाहिरिने सांसदहरूमा गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, सोमप्रसाद पाण्डे, झपट रावल, राजबहादुर बुढा, दीपक भट्ट र नारायण खतिवडा रहेका छन्।

विपक्षी गठबन्धनमा सही गर्ने एमालेका १२ सांसदसँग स्पष्टीकरण माग

काठमाडौं। नेकपा एमालेले विपक्षी गठबन्धनको तर्फबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने १२ जना सांसदलाई स्पष्टीकरण सोधेको छ। विपक्षी गठबन्धनमा सही गर्ने घनश्याम भुसाल, विरोध खतिवडा, झपट रावल, सुरेन्द्र पाण्डे, सोमप्रसाद पाण्डे, दीपक भट्ट, मेटमणी चौधरी, यज्ञराज सनुवार, भवानी खापुङ, कृष्णलाल महर्जन, नारायण खतिवडा र जिवनराम श्रेष्ठलाई स्पष्टीकरण सोधिएको हो।आजै ११ जनालाई कारबाही गर्ने निर्णय गरिसकेको छ।

बल्ल पाए भूकम्प पीडितले सहुलियत दरमा काठ

दीपक भट्ट, उज्यालो ।    फागुन ६ – भूकम्प गएको तीन वर्ष पुग्नैलाग्दा अहिलेमात्र रामेछापका भूकम्प पीडितहरुले राज्यले प्रदान गर्ने भनिए...

रामेछापका उज्यालोकर्मी दीपक भट्ट सम्मानित

रामेछाप, असोज १ – प्राथमिक स्वास्थ्य केन्द्र मन्थली रामेछापमा प्रभावकारी रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न महत्वपूर्ण भूमिका निर्वाह गर...