महिला वा पुरुष जो कोही पनि पछिल्लो समय कपाल झर्ने समस्याले पीडित हुने गरेका छन् । सन् २०१८ मा गरिएको एउटा अनुसन्धानले १८ देखि ३५ वर्षका ४७ दशमलब ६ प्रतिशत पुरुषमा तालुखुइले रोगको समस्या देखिने गरेको छ । यो समस्या हटाउनका लागि मानिसहरु विभिन्न औषधिको प्रयोग गर्ने, विभिन्न विधि अपनाएर उपचार गर्ने गर्छन् । त्यसका लागि विभिन्न प्रकारका स्याम्फू, कण्डीशनर र सीरम प्रयोग गर्ने गर्छन् । तर, सबै कुराले समस्या समाधान नहुनेहरु धेरै छन् । कपाल झर्ने समस्या वंशानुगत, जीवनशैली, खानपान, केमिकल भएको स्याम्फू वा