काठमाडौं : चर्को रस्साकस्सीपछि माओवादी केन्द्रले पार्टी पदाधिकारी टुंग्याउने तयारी गरेको छ। अध्यक्षपछि जिम्मेवार पद महासचिवमा नेताहरूको तीव्र आकांक्षाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीमा मिलाउन सकस परिरहेको छ। महासचिवमा जनार्दन शर्मा र वर्षमान पुनबीच टक्कर परिरहेको बेलामा प्रचण्डले विकल्पको रूपमा देव गुरुङलाई अघि सार्ने तयारी गरेको एक नेताले बताए। अहिलेसम्मको अवस्था नफेरिए प्रचण्डले गुरुङलाई नै महासचिव बनाउने अन्तिम तयारीमा रहेको ती नेताले बताए। महासचिवमा गुरुङसहित,