काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारीको प्रस्ताव राखेका छन् । पार्टी कार्यालय, पेरिसडाँडामा बसिरहेको स्थायी कमिटी बैठकमा उनले पदाधिकारीहरुको नाम प्रस्ताव गरेका हुन्, जसअनुसार महासचिवमा देव गुरुङ छन् वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा प्रस्ताव भएका छन् । त्यस्तै उपमहासचिवमा वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, […]