काठमाडौं : सत्तारूढ नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले राष्ट्रिय सहमतिकै आधारमा सरकारले ल्याएको नागरिकता विधेयकमाथि राजनीति नगर्न प्रमुख प्रतिपक्ष एमालेलाई आग्रह गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथिको छलफलमा बोल्दै ०७२ सालको संविधान, २०६३ सालको अन्तरिम संविधान र केपी ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशमै आधारित भएर सरकारले ल्याएको दाबी गरे। विधेयकमा कसैको पनि असहमति जनाउनुपर्ने कारण नरहेको उल्लेख गर्दै त्यसलाई सर्वसम्मत ढंगले पारित गरिदिन पनि सबै सांसदहरु