एमाले अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नागरिकताको विषयमा राजनीति गर्न खोजेको आरोप लगाएका छन् ।शनिवार प्रतिनिधिसभाको बैठकमा सम्वोधन गर्दै उनले एमाले नागरिकता समस्या समाधान गर्न आफू नेतृत्वको सरकारले जन्म सिद्धका सन्तानलाई अध्यादेश मार्फत वंशजको नागरिकता दिने व्यवस्था ल्याएको बताए ।तर त्यसलाई अदालतमा मुद्दा हालेर असफल पारिएको दावी गरे । उनले एमालेले जन्म सिद्धका सन्तानलाई वंशजको नागरिकता दिने कानुन बनाउ भन्दा प्रोपोगान्डा गर्न खोजेको दावी गरे ।