काठमाडौँ- भरतपुर महानगरपालिकाले व्यावसायिक रुपमा माछा पाल्ने किसानलाई विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ । महानगरपालिकाको आर्थिक वर्ष २०७९/८० को स्वीकृत पशु सेवा विकास कार्यक्रमअन्तर्गत व्यावसायिक मत्स्य फर्मको विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिन लागिएको हो । महानगरले आफ्नो नीति तथा कार्यक्रममा अनुदानले कृषि उत्पादनलाई वृद्धि गर्ने लक्ष्य लिएको छ । विद्युत् महसुलमा अनुदानका […]