दैलेखको राकम कर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल बन्दै

कालीकोट – राकम कर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल बन्ने भएको छ । दैलेखको आठबिस नगरपालिका र जुम्लामा रहेकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच चार वर्षअघि भएको सम्झौता अनुसार ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल स्थापनाको प्रक्रिया अघि बढेको हो । सम्झौता अनुसार राकम कर्णालीमा एक सय शय्याको शिक्षण अस्पताल निर्माण गरी नागरिकलाई गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने उल्लेख छ । कर्णाली प्रदेश सरकार र सङ्घीय सरकारको समन्वयमा शिक्षण अस्पताल निर्माणको प्रकृया अघि बढ्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपक...

सम्बन्धित सामग्री

तनहुँमा नमूना पशुपक्षी अस्पताल बन्दै

–मिला दरै डुम्रे, २४ असार । भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँ परिसरमा नेपालकै ‘नमूना पशु अस्पताल’को निर्माण भइरहेको छ । पशुपक्षीको रोग पहिचान, अनुसन्धान र उपचारका लागि अत्याधुनिक अस्पताल निर्माण गर्ने काम भइरहेको छ । नेपालकै नमूना पशुपक्षी अस्पताल बनाउनका लागि गरिएको प्रस्ताव स्वीकृत भई काम भइरहेको हो । भेटेरेनरी अस्पताल तथा पशु […]

म्याग्देमा दश शय्याको अस्पताल बन्दै

काठमाडौँ,२० पुष । तनहुँको म्याग्दे गाउँपालिकामा निर्माणाधीन १० शय्याको अस्पतालको काम ५० प्रतिशत सकिएको छ । म्याग्दे गाउँपालिका–४ मा निर्माणाधीन १० शय्याको आधारभूत अस्पताल भवन निर्माणको काम आधा सकिएको हो । विसं २०७८ जेठ २ गतेदेखि निर्माण सुरु भएको अस्पताल भवनको काम तीव्रगतिमा अगाडि बढिरहेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । भवन निर्माणको […]

बाँकेमा सिकलसेल अस्पताल बन्दै

उपचार अभावमा कतिपय सिकलसेल पीडितहरुले ज्यान गुमाउनु परेको अवस्थालाई मध्यनजर गरी छुट्टै अस्पताल निमार्ण गर्न थालिएको जनाइएको छ। अस्पताल निमार्णका लागि विभिन्न अगुवाहरुले आर्थिक सहयोग गरिरहेका पनि कार्यक्रममा जानकारी दिइयो।...

रास्कोटमा १५ श्यया अस्पताल बन्दै

काठमाडौँ,२४ असार । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा १५ श्ययाको अस्पताल निर्माण हुने भएको छ । नगरवासीलाई सहजरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि रास्कोटमा १५ श्ययाको नगर अस्पताल निर्माण हुन लागेको हो । नगर प्रमुख धर्मराज शाहीले अस्पाताल शिलान्यास गर्दै आगामी दिनमा नगरपालिकाका कुनै पनि नागरिकले स्वास्थ्य सेवा लिन अन्य ठाउँमा जानु नपर्ने गरी गुणस्तरीय स्वास्थ्य […]

कपिलवस्तुमा १५ शय्याको अस्पताल बन्दै

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा १५ शय्याको सुविधा सम्पन्न अस्पताल भवन निर्माणका लागि  शिलान्यास गरिएको छ । नगरपालिकाभित्र आधारभूत तहको सुविधा सम्पन्न उक्त अस्पताल नेपाली काँग्रेसका लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यसहित नगरप्रमुख अब्दुल कलाम र उपप्रमुख सुभावती कुर्मीले संयुक्तरुपमा शिलान्यास गरेका हुन् । महामन्त्री सुरेन्द्रराज आचार्यले विकासमा पछि परेको यस नगरपालिकामा अस्पताल निर्माणबाट स्थानीय जनताले यहीँबाट उपचार सुविधा पाउने बताए ।महराजगञ्ज नगरपालिका वडा नं १ प्राथमि

म्याग्दीमा तातोपानीबाट उपचार गर्ने अस्पताल बन्दै

म्याग्दी । म्याग्दीको सिंगा तातोपानीमा नेपालकै पहिलो ‘पानीबाट उपचार गर्ने अस्पताल’ निर्माण गरिने भएको छ । प्राकृतिक चिकित्सालयका नामले चर्चित बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डको पानी प्रयोग गरेर प्राकृतिक चिकित्सा सेवा सञ्चालनको तयारी थालिएको हो ।      तातोपानी कुण्डको व्यवस्थापन, प्रचारप्रसार र विकासका लागि सक्रिय रहेको तातोपानी कुण्ड व्यवस्थापन समितिले प्राकृतिक रूपमै आउने ५० डिग्री सेल्सियस तापक्रमको तातोपानी प्रयोग गरेर जल चिकित्सा, अकुपञ्चर, योग, फिजियो थेरापी, मसाज थेराप सेवासहितको प्राकृतिक चिकित्सालय बनाउन लागिको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिए । उनका अनुसार प्राकृतिक अस्पताल निर्माणका लागि गत आर्थिक वर्ष संघीय सरकारबाट प्राप्त ५० लाख र कुण्डको आन्तरिक आम्दानी ५० लाख गरी १ करोड लगानीमा अस्पतालमा आवश्यक पर्ने पूर्वाधार निर्माण गरिएको छ । साथै गत आर्थिक वर्षमै गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको बजेटबाट प्राकृतिक चिकित्सालयका लागि आवश्यक पर्ने थेरापीका उपकरण खरीद गरिएकोे छ । त्यसैगरी कुण्डको आन्तरिक आम्दानीबाट तलब र सेवासुविधा दिनेगरी एक प्राकृतिक चिकित्सकको व्यवस्था गरिएको छ । चिकित्सालयमा प्रदान गरिने सेवामध्ये मसाज थेरापी तथा योगाभ्यासका लागि तालीमप्राप्त जनशक्तिको आवश्यकता पर्ने भएकाले अहिले तालीम सञ्चालन भइरहेको र दशैंपछि बिरामीको उपचार शुरू गर्ने तयारी गरिएको तातोपानी सामुदायिक प्राकृतिक चिकित्सालयका प्राकृतिक चिकित्सक डा. आयुशा अधिकारीले जानकारी दिइन् । अस्पतालमा तत्कालका लागि फिजियो थेरापिष्ट, मसाज थेरापिष्ट र नर्सिङ स्टाफसहित १५ भन्दा बढी स्वास्थ्यकर्मीको आवश्यक पर्ने उनको भनाइ छ । तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीका अनुसार अहिले तत्कालका लागि पाँच शय्या तयार गरिएको छ । परम्परागत रूपमा तातोपानी कुण्डमा डुबुल्की मारेर उपचार गराउँदै आएका बिरामीलाई विकसित चिकित्सकीय पद्धति र प्रविधिको प्रयोग गरी अत्याधुनिक रूपमा सेवा प्रदान गर्न प्राकृतिक अस्पताल सञ्चालन गर्न लागिएको सचिव केसीको भनाइ छ । अस्पताल सञ्चालनमा आएपछि जलचिकित्सा, योगासन, अकुपञ्चरलगायत विधिबाट बिरामीको उपचार गरिने केसीले बताइन् । म्याग्दी नदीको किनारमा जमीनभित्रबाट बीरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी संकलन गरिएको तलाउमा स्नान गरेमा चर्मरोग, बाथरोग, ढाड दुख्ने, सुन्निएको, मर्किएको लगायत समस्या निको हुने विश्वासका साथ यहाँ वर्षेनि हजारौंको संख्यामा मानिस आउँछन् । पछिल्लो समय प्राकृतिक उपचारप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएपछि जिल्लाका अन्य तातोपानी कुण्डलाई पनि व्यवस्थित गर्न थालिएको छ । म्याग्दीमा साना–ठूला गरी करीब एक दर्जन तातोपानीका कुण्ड छन् । रासस

तेल्लोकमा दश शय्याको अस्पताल बन्दै

गाउँपालिका केन्द्र तेल्लोकमा बन्ने दश शय्या क्षमताको आधारभूत अस्पतालका लागि निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएसँगै निर्माणको कार्य सुरु गरिएको हो।

तेल्लोकमा दश शय्या अस्पताल बन्दै

फुङ्लिङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा बन्न लागेको अस्पतालको निर्माण कार्य सुरु गरिएको छ । गाउँपालिका केन्द्र तेल्लोकमा बन्ने दश शय्या क्षमताको आधारभूत अस्पतालका लागि निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएसँगै निर्माणको कार्य सुरु गरिएको हो । आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सोवर्ण/हिमालयन जेभीसँग ठेक्का सम्झौता भएसँगै निर्माणको कार्य सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत […]

डोटीमा १५ शय्याको अस्पताल बन्दै

डोटी । डोटीको शिखर नगरपालिका–६ तल्कोटमा १५ शøयाको अस्पताल निर्माण भइरहेको छ । सुदूरपश्चिम प्रदेश सरकारको १८ करोडको लगानीमा उक्त अस्पताल निर्माण भइरहेको हो । गत वैशाख ८ गते टेण्डर आह्वान भई काम अगाडि बढाइएको उक्त अस्पतालको काम अहिले तीव्ररूपमा भइरहेको छ । जिल्लामा कोरोनाको जोखिम केही कम भएको र निषेधाज्ञा पूर्णरूपमा हटेसँगै उक्त अस्पताल निर्माणले गति लएको निर्माण कम्पनीले जनाएको छ । अस्पताल सम्झौता मितिभित्रै निर्माण सम्पन्न गर्नेगरी काम अगाडि बढेको निर्माण कम्पनीका सञ्चालक तेजबहादुर पालले बताए । ‘भवन निर्माणका लागि चाहिने सामग्री सबै पाइएको छ, अवरोध केही छैन, सम्झौतामा तोकिएको मितिभित्रै काम सक्छौं ।’ वैशाखमा शिलान्याससँगै अस्पताल निर्माण शुरू गरिएको भए पनि कोरोना महामारीले कामदार नपाउँदा कामले गति लिन सकेको थिएन । उक्त अस्पतालको अहिलेसम्म कम्तीमा पनि १५ प्रतिशत काम सम्पन्न भइसकेको शिखर नगरपालिका प्राविधिक शाखा प्रमुख लोकेन्द्र खड्काले बताए । ‘काम तीव्र गतिमा अगाडि बढेको छ, एक महिनामै १५ प्रतिशत सकिएको छ, अब समयमै काम सम्पन्न हुनेछ ।’ उक्त अस्पतालको भवन दुई तलाको निर्माण गर्न लागिएको हो । रासस

महिलाको लगानीमा अस्पताल बन्दै

बुटवल, (नेस) । रुपन्देहीको तिलोत्तमामा महिलाहरूको मात्र लगानीमा महिला तथा बालबालिका मैत्री अस्पताल बन्ने भएको छ । तिलोत्तमा बडा नम्बर ४ भक्तपुर टोलमा निर्माण हुने अस्पतालको लुम्बिनी प्रदेशका उद्योग मन्त्री कल्पना पाण्डेले शनिबार शिलान्यास गर्नुभयो । आगामी ७ महिनाभित्र सञ्चालनमा ल्याउनेगरी निर्माण शुरू गरिएको उक्त अस्पतालमा यस क्षेत्रका २० जना महिला सेयर सदस्य रहेका छन् […]