महिलाको लगानीमा अस्पताल बन्दै

बुटवल, (नेस) । रुपन्देहीको तिलोत्तमामा महिलाहरूको मात्र लगानीमा महिला तथा बालबालिका मैत्री अस्पताल बन्ने भएको छ । तिलोत्तमा बडा नम्बर ४ भक्तपुर टोलमा निर्माण हुने अस्पतालको लुम्बिनी प्रदेशका उद्योग मन्त्री कल्पना पाण्डेले शनिबार शिलान्यास गर्नुभयो । आगामी ७ महिनाभित्र सञ्चालनमा ल्याउनेगरी निर्माण शुरू गरिएको उक्त अस्पतालमा यस क्षेत्रका २० जना महिला सेयर सदस्य रहेका छन् […]

सम्बन्धित सामग्री

एक अर्बको लगानीमा थानकोटमा स्त्रीरोग अस्पताल बन्दै

फागुन २, काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा ४ थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न अत्याधुनिक अस्पताल निर्माण हुने भएको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जर्मन विकास बैंक (केएफडब्लु) रू. एक अर्ब बराबरको आर्थिक एवम् प्राविधिक सहयोग गर्नेछ ।  सो सहयोगमा मन्त्रालय, नगर प्रमुख घनश्याम गिरी र बैंकका प्रतिनिधिका बीचमा हालै प्रारम्भिक सम्झौतासमेत भइसकेको छ । सम्झौताका अनुसार अस्पताल चार वर्षभित्रमा सम्पन्न हुने जानकारी दिइएको छ । नगरपालिकाको समन्वय र सहकार्यमा मन्त्रालय र केएफडब्लुले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयारी अन्तिम चरणमा पुर्‍याएका छन् ।  नगरप्रमुख गिरीले भने, ‘डिपिआरको काम सम्पन्न भएसँगै भवन पूर्वाधारको काम अगाडि बढ्छ । निर्धारित समयभित्र अस्पताल बनाउन नगरपालिकाले आवश्यक सहयोग र समन्वय गर्छ । यस क्षेत्रमा जनशक्ति, उपकरण र पूर्वाधारमा अस्पताललाई उत्कृष्ट बनाउँछौं । नगरवासीले चाहेको गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा सहजरुपमा उपलब्ध गराउन नगरपालिका प्रतिबद्ध छ ।’ अस्पतालले काठमाडौं जिल्लाका दक्षिण पश्चिम भेगका थानकोट, दहचोक, नैकाप, नयाँ भञ्ज्याङ, वाड भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतङ्गल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानो भञ्ज्याङ बासिन्दालाई विशेष सुविधा पुर्‍याउने छ । साथै धादिङ, मकवानपुर र नुवाकोट बासिन्दालाई पनि सहज विशेषज्ञ चिकित्सक सेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।  थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका मातहतमा सो अस्पताल सञ्चालन हुने जानकारी दिइएको छ । विसं २०७६ वैशाख २८ देखि चन्द्रागिरि–४ थानकोटमा नै १५ शय्याका अस्पताल सञ्चालनमा आइसकेको छ । प्रयोगशाला, आकस्मिक सेवा र बर्थिङ सेन्टरसहितको उत्कृष्ट सेवा अस्पतालले प्रदान गरिराखेको छ ।  अस्पताललले पछिल्लो समय विशेषज्ञ मुटु रोग सेवा, परिवार नियोजन सेवा, ज्येष्ठ नागरिक, विपन्न तथा अपांगता भएकालाई निःशुल्क सेवा प्रदान गरिराखेको अस्पतालका मेडिकल अधिकृत डा हेमनाथ शर्माले जानकारी दिए ।  उत्कृष्ट कार्यसम्पादन गरेबापत नगरपालिकाको तर्फबाट हालै रू. ५० हजार नगद पुरस्कार तथा सम्मानपत्र प्राप्त गरेको उनले भने, ‘प्रयोगशाला,  उपकरणसहित अस्पतालले उत्कृष्ट सेवा प्रदान गरिराखेको छ ।’ रासस

म्याग्दीमा तातोपानीबाट उपचार गर्ने अस्पताल बन्दै

म्याग्दी । म्याग्दीको सिंगा तातोपानीमा नेपालकै पहिलो ‘पानीबाट उपचार गर्ने अस्पताल’ निर्माण गरिने भएको छ । प्राकृतिक चिकित्सालयका नामले चर्चित बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डको पानी प्रयोग गरेर प्राकृतिक चिकित्सा सेवा सञ्चालनको तयारी थालिएको हो ।      तातोपानी कुण्डको व्यवस्थापन, प्रचारप्रसार र विकासका लागि सक्रिय रहेको तातोपानी कुण्ड व्यवस्थापन समितिले प्राकृतिक रूपमै आउने ५० डिग्री सेल्सियस तापक्रमको तातोपानी प्रयोग गरेर जल चिकित्सा, अकुपञ्चर, योग, फिजियो थेरापी, मसाज थेराप सेवासहितको प्राकृतिक चिकित्सालय बनाउन लागिको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिए । उनका अनुसार प्राकृतिक अस्पताल निर्माणका लागि गत आर्थिक वर्ष संघीय सरकारबाट प्राप्त ५० लाख र कुण्डको आन्तरिक आम्दानी ५० लाख गरी १ करोड लगानीमा अस्पतालमा आवश्यक पर्ने पूर्वाधार निर्माण गरिएको छ । साथै गत आर्थिक वर्षमै गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको बजेटबाट प्राकृतिक चिकित्सालयका लागि आवश्यक पर्ने थेरापीका उपकरण खरीद गरिएकोे छ । त्यसैगरी कुण्डको आन्तरिक आम्दानीबाट तलब र सेवासुविधा दिनेगरी एक प्राकृतिक चिकित्सकको व्यवस्था गरिएको छ । चिकित्सालयमा प्रदान गरिने सेवामध्ये मसाज थेरापी तथा योगाभ्यासका लागि तालीमप्राप्त जनशक्तिको आवश्यकता पर्ने भएकाले अहिले तालीम सञ्चालन भइरहेको र दशैंपछि बिरामीको उपचार शुरू गर्ने तयारी गरिएको तातोपानी सामुदायिक प्राकृतिक चिकित्सालयका प्राकृतिक चिकित्सक डा. आयुशा अधिकारीले जानकारी दिइन् । अस्पतालमा तत्कालका लागि फिजियो थेरापिष्ट, मसाज थेरापिष्ट र नर्सिङ स्टाफसहित १५ भन्दा बढी स्वास्थ्यकर्मीको आवश्यक पर्ने उनको भनाइ छ । तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीका अनुसार अहिले तत्कालका लागि पाँच शय्या तयार गरिएको छ । परम्परागत रूपमा तातोपानी कुण्डमा डुबुल्की मारेर उपचार गराउँदै आएका बिरामीलाई विकसित चिकित्सकीय पद्धति र प्रविधिको प्रयोग गरी अत्याधुनिक रूपमा सेवा प्रदान गर्न प्राकृतिक अस्पताल सञ्चालन गर्न लागिएको सचिव केसीको भनाइ छ । अस्पताल सञ्चालनमा आएपछि जलचिकित्सा, योगासन, अकुपञ्चरलगायत विधिबाट बिरामीको उपचार गरिने केसीले बताइन् । म्याग्दी नदीको किनारमा जमीनभित्रबाट बीरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी संकलन गरिएको तलाउमा स्नान गरेमा चर्मरोग, बाथरोग, ढाड दुख्ने, सुन्निएको, मर्किएको लगायत समस्या निको हुने विश्वासका साथ यहाँ वर्षेनि हजारौंको संख्यामा मानिस आउँछन् । पछिल्लो समय प्राकृतिक उपचारप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएपछि जिल्लाका अन्य तातोपानी कुण्डलाई पनि व्यवस्थित गर्न थालिएको छ । म्याग्दीमा साना–ठूला गरी करीब एक दर्जन तातोपानीका कुण्ड छन् । रासस

डोटीमा १५ शय्याको अस्पताल बन्दै

डोटी । डोटीको शिखर नगरपालिका–६ तल्कोटमा १५ शøयाको अस्पताल निर्माण भइरहेको छ । सुदूरपश्चिम प्रदेश सरकारको १८ करोडको लगानीमा उक्त अस्पताल निर्माण भइरहेको हो । गत वैशाख ८ गते टेण्डर आह्वान भई काम अगाडि बढाइएको उक्त अस्पतालको काम अहिले तीव्ररूपमा भइरहेको छ । जिल्लामा कोरोनाको जोखिम केही कम भएको र निषेधाज्ञा पूर्णरूपमा हटेसँगै उक्त अस्पताल निर्माणले गति लएको निर्माण कम्पनीले जनाएको छ । अस्पताल सम्झौता मितिभित्रै निर्माण सम्पन्न गर्नेगरी काम अगाडि बढेको निर्माण कम्पनीका सञ्चालक तेजबहादुर पालले बताए । ‘भवन निर्माणका लागि चाहिने सामग्री सबै पाइएको छ, अवरोध केही छैन, सम्झौतामा तोकिएको मितिभित्रै काम सक्छौं ।’ वैशाखमा शिलान्याससँगै अस्पताल निर्माण शुरू गरिएको भए पनि कोरोना महामारीले कामदार नपाउँदा कामले गति लिन सकेको थिएन । उक्त अस्पतालको अहिलेसम्म कम्तीमा पनि १५ प्रतिशत काम सम्पन्न भइसकेको शिखर नगरपालिका प्राविधिक शाखा प्रमुख लोकेन्द्र खड्काले बताए । ‘काम तीव्र गतिमा अगाडि बढेको छ, एक महिनामै १५ प्रतिशत सकिएको छ, अब समयमै काम सम्पन्न हुनेछ ।’ उक्त अस्पतालको भवन दुई तलाको निर्माण गर्न लागिएको हो । रासस

रामपुरमा सुविधा सम्पन्न आयुर्वेद अस्पताल बन्दै

–सुशीला रेग्मीस्वास्थ्य क्षेत्रमा पूर्वाधार थपिइरहेको रामपुरमा सुविधा सम्पन्न आयुर्वेद अस्पताल खुल्ने भएको छ । देश सङ्घीय शासन व्यवस्थामा प्रवेश गरेसँगै स्वास्थ्य सेवालाई मध्यनजर गर्दै ठूला लगानीमा पूर्वाधार निर्माणका काम भइरहेकोमा यहाँ पनि आयुर्वेद अस्पताल बनाउन लागिएको हो । आयुर्वेद पद्धतिको स्वास्थ्योपचार सेवालाई विस्तार गर्ने उद्देश्यले यहाँ १५ श्ययाको आयुर्वेद अस्पताल भवन निर्माण भइरहेको छ । हालको रामपुर नगरपालिका– ५ स्थित आयुर्वेद औषधालयको भवनलाई स्तरोन्नति गरी सोही ठाउँमा