काठमाडौंः चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) ले प्रधानमन्त्री र सभामुख बिनाको केन्द्रीय कमिटी घोषणा गरेको छ। प्रधानमन्त्री ली खछ्याङ तथा पिपल्स कंग्रेसका स्टान्डिङ कमिटी अध्यक्ष ली चान्सु बिनाको २०५ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको हो। उमेर हदका कारण अवकाश दिइएको हो।
प्रधानमन्त्री खछ्याङ, पिपल्स कंग्रेसका अध्यक्ष चान्सु, पिपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्सका…