कैलाली गेटा गाउँका किसान रामदिन रानाथारु चार दशकअघि स्वठ्यारी, राइमुनुवालगायतका रैथाने जातका धान खेती गरेको अहिले पनि सम्झिरहन्छन्।
चार दशक अघिसम्म उनको खेतमा गरिने खाद्यान्न र तरकारी बाली रैथाने थिए ।...
मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले रैथाने बालीको संरक्षण र प्रवर्द्धनमा जोड दिएको छ । हराउँदै गएका कोदो, फापर, जुनेलो जस्ता पौष्टिकयुक्त अन्न बाली उत्पादन गर्न किसानलाई प्रोत्साहन गर्नुका साथै मूल्यको समेत निश्चितता गरिदिएपछि किसानहरू खुसी भएका छन् ।
बाजुराका अधिकांश स्थानीय तह अहिले रैथाने बाली संरक्षण अभियानमा जुटेका छन् । रैथाने बाली हराउँदै गएपछि स्थानीय तह रैथाने बालीको संरक्षण अभियानमा जुटेका हुन् । रैथाने बालीमा मानव स्वास्थ्यका लागि पोषकतत्व हुने भएकाले पछिल्लो समय यसको संरक्षण अभियानमा जुटेको यहाँका स्थानीय बताउँछन् । गाउँमा उत्पादन हुने कोदो, फापर, सिमी, चिनो, कागुनो र फापर, उवा, झुमरो, लोकल मकै, जौ राम्रो पोषिलो अन्न मानिन्छ ।
जिल्लामा रैथाने बाली हराउँदै गएपछि कृषि ज्ञान केन्द्र सुनसरीले रैथाने बाली प्रवर्धन कार्यक्रम सुरु गरेको छ । जिल्लाको उत्तरी क्षेत्रमा रहेको वराहक्षेत्र नगरपालिका–१, चियाबारीमा रैथाने बाली प्रवर्धन कार्यक्रम सुरु गरेको हो ।
रैथाने बाली लोप हुँदै गएपछि कृषि ज्ञान केन्द्र बाजुराले पछिल्लो समय बाली संरक्षणमा जोड दिएको छ । स्थानीय किसानलाई अर्गानिक खाद्यमा प्रोत्साहन गर्ने गरी रैथाने बाली संरक्षण गर्न लागेको कृषि ज्ञान केन्द्रले जनाएको छ । यहाँ उत्पादन हुने कोदो, फापर, सिमी, चिनो, कागुनो, उवा, झुमरो, स्थानीय जातको मकै, जौलगायतका अन्न बाली पछिल्लो समय हराउँदै गएका छन् । ती बालीको संरक्षण गर्न अनुदानका कार्यक्रम अघि सारेको कृषि ज्ञान केन्द्रका सुचना अधिकारी मीनप्रसाद जैसीले बताउनुभयो ।
रैथाने बाली जिल्लामा हराउँदै गएपछि कृषि ज्ञान केन्द्र सुनसरी रैथाने बालीको संरक्षण गर्न लागिपरेको छ । जिल्लामै रैथाने बालिहरू हराउँदै गएपछि ज्ञान केन्द्र सुनसरीले रैथान बालीको संरक्षण गर्न अनुदानका कार्यक्रम अघि सारेको छ ।
रामपुर (पाल्पा) : बजारमा आएका उन्नत जातका बीउको प्रयोगले परम्परागत बीउ पाउन मुस्किल परेको छ। परम्परादेखि नै लगाउँदै आएका अन्नबाली, तरकारी तथा फलफूलका बिरुवा हिजोआज किसानले लगाएको खासै पाइँदैन। छोटो समयमा धेरै उत्पादन लिन बजारमा आएका उन्नत तथा ‘हाइब्रिड’ जातका बीउमा धेरैको आकर्षण बढेको छ। थोरै जग्गामा अन्नबाली, तरकारी, फलफूल लगाएर उत्पादन धेरै लिन किसानले रैथाने बाली लगाउन छाडेर उन्नत रोज्न थालेका हुन्। परम्परागत रूपमा लगाउँदै आएका बाली क्रमशः हराउँदै गएको र हिजोआज उन्नत र हाइब्र
जिल्लाको पहिचानसँग जोडिएका कागुनो, चिनो, फापरजस्ता रैथाने बाली हराउँदै गएका छन् । दुर्गम गाउँमा समेत सस्तो मूल्यमा चामल पाइन थालेपछि रैथाने बाली देख्न मुस्किल हुन थालेको हो ।
काठमाडौं । कृषिप्रधान भनेर चिनिँदै आएको नेपालले वर्षेनि साढे २ अर्ब रुपैयाँभन्दा बढीको बीउ आयात गरिरहेको छ । आर्थिक वर्ष (आव) २०७७/७८ मा धान, मकै र विभिन्न जातका तरकारीका २ अर्ब ६७ करोड ३१ लाख रुपैयाँको बीउ आयात भएको बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रले बताएको छ । चालू आवको माघसम्म १ अर्ब १५ करोड ८५ लाख रुपैयाँ बराबरको २३ लाख ६७ हजार किलो बीउ आयात भइसकेको छ ।
सरकारी तथ्यांकअनुसार नेपालका ६५ दशमलव ६ प्रतिशत जनता कृषिमा आबद्ध छन् । मुलुकको कुल गार्हस्थ्य उत्पादनमा कृषिक्षेत्रको योगदान करीब २५ प्रतिशत छ । देशको अर्थतन्त्रमा यति ठूलो अंश ओगटेको कृषिकर्मका लागि आवश्यक पर्ने मुख्य वस्तु मल र बीउ दुवै हालसम्म आयातकै भरमा चलिरहेको छ । देशभित्रै सरकारी तथा निजीस्तरबाट सञ्चालित बीउ उत्पादन कम्पनी हुँदाहुँदै विदेशबाट बीउ आयात बढ्नुको मुख्य कारण अधिकांश वर्णसंकर (हाइब्रिड) बीउको उत्पादन नेपालमा नहुनु रहेको विज्ञ बताउँछन् ।
केन्द्र प्रमुख बेनुप्रसाद प्रसाईले पछिल्लो समय थोरै जमीनमा धेरै उत्पादन हुने वर्णसंकर जातका बीउ माग बढेकाले रैथाने हराउँदै गएको र आयातको ग्राफ उकालो लागेको बताए । उनका अनुसार नेपालमा वार्षिक ४५ हजार मेट्रिक टन वर्णसंकर जात धानको बीउ आवश्यक पर्छ । तर, त्यसका करीब ९१ प्रतिशत आयात गर्नुपर्ने अवस्था छ । वर्णसंकर मकैको बीउ शतप्रतिशत आयात गर्नुपर्छ ।
केन्द्रले उपलब्ध गराएको तथ्यांकअनुसार १ वर्षमा १ अर्ब ६१ करोड ४२ लाख रुपैयाँभन्दा बढीको ४१ लाख ६८ हजार ९ सय ५२ किलो धानको वर्णसंकर जातको बीउ आयात भएको छ । ५१ करोड ६८ लाख रुपैयाँभन्दा बढीको २१ लाख ८५ हजार ६ सय ९६ किलो मकै बीउ आयात भएको छ । त्यसैगरी, ५४ करोड ८१ लाख रुपैयाँभन्दा बढीको १ लाख ४४ हजार ४ सय ८९ किलो काउली, बन्दा, ब्रोकाउली, काँक्रो, गाँजर, मुला, भिन्डी, गोलभेडा, धनियाँ, भन्टा, तितेकरेला, लौका, फर्सीलगायत ३४ किसिमका तरकारीको वर्णसंकर जातको बीउ आयात भएको छ । विदेशबाट आयात हुनेमध्ये सबभन्दा धेरै १ करोड ४६ लाख रुपैयाँभन्दा बढीको ५३ हजार ४ सय २० किलो वर्णसंकर धनियाँको बीउ आयात भएको तथ्यांक छ ।
नेपाल कृषि अनुन्धान परिषद् (नार्क)का बाली तथा बागवानी निर्देशक डा. केशवबाबु कोइरालाले कृषिप्रधान देशको रूपमा परिचित नेपालमा प्रमुख खाद्य बालीकै बीउ यति ठूलो मात्रामा आयात गर्ने बाध्यता रहनु साँच्चिकै लाजमर्दो भएको बताए । पछिल्लो समय नेपालका रैथाने बाली हराउँदै गएको र वर्णसंकर जातका बीउ माग बढेको स्वीकार्दै उनले भने, ‘हामीसँग व्यापक मात्रामा वर्णसंकर जातका बीउ उत्पादन गर्न आवश्यक पर्ने प्रविधि, दक्ष जनशक्ति र लगानीको अभाव छ, जसले गर्दा त्यस्ता बीउ उत्पादन गर्न सकिएको छैन ।’ सरकारले यसमा कदम चालेको तर त्यो पर्याप्त नभएको उनले बताए ।
नेपालमा हर्दिनाथ हाइब्रिड धान–१ र हर्दिनाथ हाइब्रिड धान–३ गरी २ किसिमको मात्र वर्णसंकर बीउ उत्पादन हुन्छ । मकैका पनि विभिन्न जातका वर्णसंकर बीउ उत्पादन भइरहेको छ । तरकारीको हकमा अधिकांश वर्णसंकर बीउ विदेशबाटै आयात गर्नुपर्ने अवस्था छ । नेपाली कम्पनीहरूले धानको वर्णसंकर जातको बीउ भारत र चीनबाट मात्रै आयात गर्छन् । ८० प्रतिशतभन्दा बढी वर्णसंकर धानको बीउ भारतबाट आयात हुन्छ ।
जुम्लामा रहेका ८ वटा बीउ बैंकहरूमध्ये केही बैंकले स्थानीय स्तरमा उपलब्ध माटोको ढरा, कोठी र काठको भकारीहरू बनाएर बीउ भण्डारण गरेका छन् भने केहीमा आधुनिक तवरका ‘सिड’ बैंकहरू खोलिएका छन् ।