थारू समुदायले अट्वारी पर्व मनाउँदै

काठमाण्डाै - थारू समुदायले आज अट्वारी पर्व मनाउँदैछन् । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङमा बसोबास गर्ने थारु समुदायले माघीपछिको ठूलो पर्वका रुपमा अट्वारीलाई मनाउने गर्छन्। तीजपछिको पहिलो आइतवार व्रत बस्ने र सोमवार सकिने गर्छ । आइतवार दिनभरि व्रत बसेर दाजुभाइले बेलुका पूजापाठ गरेर फलफूल र अनदीको रोटी खाने गर्छन् । पर्वको पहिलो रात दरका रुपमा भात, माछा चोखो तरिकाले पकाउने र भाले नबास्दै उठेर खाने चलन रहेको थारू संस्कृतिविद् अशोक थारूले बताउनुभयो । त्यस्तै अट्वारीको दोस्रो दिन बिहानै नुहाइधुवाइ गरेर तीन, प...

सम्बन्धित सामग्री

अट्वारी मनाउँदै थारू समुदाय

पश्चिम तराईका थारू समुदायले आइतबारदेखि अट्वारी पर्व मनाउन सुरु गरेका छन् । अट्वारी सोमबारसम्म मनाइन्छ । दाजुभाइ र दिदीबहिनीको सद्भावको पर्वका रूपमा लिइने अट्वारी यो समुदायमा महत्वपूर्ण मानिन्छ ।

थारू समुदायमा अट्वारी रमझम

पश्चिम नेपालका थारू समुदाय आइतबार अट्वारी पर्व मनाइरहेका छन् । अट्वारी पर्वमा दिनभर व्रत बसेर साँझ भान्सा कोठाभन्दा फरक कोठा ‘बहरी’ मा कमेरो माटो, गाईको गोबरले लिपेर पवित्र तरिकाबाट रोटी पकाएर व्रत पूरा गर्ने परम्परा छ ।