थारू समुदायमा अट्वारी रमझम

पश्चिम नेपालका थारू समुदाय आइतबार अट्वारी पर्व मनाइरहेका छन् । अट्वारी पर्वमा दिनभर व्रत बसेर साँझ भान्सा कोठाभन्दा फरक कोठा ‘बहरी’ मा कमेरो माटो, गाईको गोबरले लिपेर पवित्र तरिकाबाट रोटी पकाएर व्रत पूरा गर्ने परम्परा छ ।